अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा प्रहरीको असोज महिनाको प्रगति विवरण सार्वजनिकः अपराध अनुसन्धानदेखि बजार अनुगमनसम्मका मुख्य गतिविधिहरू

news

 
रेडियो आँधीखोला
वालिङ, ३ कार्तिक । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले असोज महिनामा सम्पादित अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा समुदायकेन्द्रित विभिन्न गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईहरूबाट असोज महिनाभर भएका प्रमुख कार्यसम्पादन तथा प्रगति सार्वजानिक गरेको हो । 
असोज महिनामा सवारी ज्यान, नागरिकता सम्बन्धी, ज्यान मार्ने उद्योग, बैंकिङ कसूर, झुण्डिएर तथा फुटकर ज्यान र चोरी लगायतका विभिन्न शिर्षकका कुल १४ वटा मुद्दाहरू दर्ता भएका छन् भने चालु मुद्दाका प्रतिवादी संख्या ७ रहेको छ । दोहोरो नागरिकता तथा लिखतसम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी मधु थापा र सनाखत गर्ने सपिना थापालाई पक्राउ गरी कानूनी प्रक्रिया पूरा गरी स्याङ्जा जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशानुसार धरौटीमा छुटेका छन् । विभिन्न मुद्दाहरूमा फरार रहेका प्रतिवादीहरूबाट १ वर्ष २ महिना २१ दिन कैद र रु. ९ लाख १९ हजार ५५७ जरिवाना असुलउपर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी ३ वटा उजुरी दर्ता भई ३ जना पीडकहरूलाई कानूनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ । साथै, हराएका ८ जना मध्ये ४ जना फेला परेका छन् । घरेलु हिंसाका २ वटै उजुरीमा मिलापत्र गराइएको प्रहरीले जनाएको छ ।  प्रत्यक्ष निवेदनबाट प्राप्त ३१ वटै ठाडो उजुरीहरू फर्छयौट गरिएका छन्। त्यस्तै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ  भने जबरजस्ती करणी र जबरजस्ती करणी उद्योग सम्बन्धी कसूरमा संलग्न आरोपितहरूलाई पक्राउ परेका छन् । 
त्यस्तै प्राकृतिक रूपमा उम्रिएका १४४५ वटा हरियो गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको छ भने विद्यालय र बजार क्षेत्रबाट ६२५ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई जनप्रतिनिधि र भद्रभलादमीको रोहवरमा नष्ट गरिएको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न १ थान जे.सि.बी. र १३ थान ट्र्याक्टर नियन्त्रणमा लिई सम्बन्धित पालिकाबाट कारबाहीस्वरूप  १ लाख ५० हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्याल स्याङ्जाले जनाएको छ । 
यात्रु सहायता कक्ष स्थापना गर्दै  शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको छ ।   ट्राफिक चेकिङका क्रममा ८६५ वटा सवारी साधनलाई कारबाही गरी ८ लाख ६९ हजार राजस्व संकलन गरिएको छ भने मापसे (मापसे) कारबाहीबाट २६ जनालाई कारबाही गरी  १३ हजार  राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।  ऋशोज महिनामा बाढी पहिरोका ९ वटा र आगलागीका २ वटा घटना भउका छन् । साइबर अपराध, मानव बेचविखन, लागुऔषध, बालविवाह न्यूनिकरण, लैङ्गिक तथा घरेलु हिंसा लगायतका विविध शीर्षकहरूमा विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...