समाचार
स्याङजामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
रेडियो आँधीखोला
वालिङ, ७ कार्तिक ।
स्याङजाको बिरुवा गाउँपालिका ३ ठाटीस्थित राङखोला बिरुवा सडकखण्डमा शुक्रबार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार मृत्यु हुनेमा बिरुवा गाउँपालिका २ बस्ने ३९ वर्षीया रेवती गुरुङ रहनुभएको छ ।
बिरुवा गाउँपालिका ३ ठाटीस्थित राङखोला बिरुवा सडकखण्डमा गुरुङले चलाएको ग २६ प १३५० नं.को स्कुटर शुक्रबार नियन्त्रण गुमाई दुर्घटना भएको थियो । स्कुटर सडकभन्दा अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी स्कुटर पछाडी सवार गुरुङको छोरी बर्ष १६ की गुञ्जन गुरुङ सकुशल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।