अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

एक स्वास्थ्य संवादः समुदायदेखि नीतिसम्म

news

 
रेडियो आँधीखोला, १८ कात्तिक 
विश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ नगरपालिकाले æएक स्वास्थ्य संवादः समुदायदेखि नीतिसम्मÆ विषयक कार्यक्रम सम्पन्न गरेको छ । समुदायमा एक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्ध उजागर गर्ने तथा स्थानीय तहमा एक स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
समृद्ध समुदाय निर्माणको आधारः एक स्वास्थ्यमा साझा प्रतिवद्धता सहकार्य र व्यवहार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा निकालिएको ¥यालीले वालिङ बजार परिक्रमा गरेको थियो । æएक स्वास्थ्यÆ विषयक संवाद कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, वालिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमल प्रसाद पाण्डे, गण्डकी प्रदेश, कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका डा. राजेश चौधरी, नेपाल वन हेल्थ ईन्स्टिच्युटका सचिव संकल्प भट्टराई, कृषि विकास कार्यालय स्याङ्जाका निमित्त प्रमुख नारायण पाठक, कृषि विकास स्रोत केन्द्र गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख सुदिप रेग्मीले एक स्वास्थ्यको विषयमा बहस गरी यसको प्रभावकारी कार्यान्वनका लागि साझा प्रतिवद्धता र ऐक्यवद्धता जनाउनु भएको छ । 
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पस, स्याङ्जाका विद्यार्थीहरूको नेतृत्वमा जनचेतनामूलक æएक स्वास्थ्यÆ विषयक सडक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरूले मानिस, पशुपन्छी, बोटबिरुवा र वातावरणको स्वास्थ्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको तथ्यलाई आत्मसात् गर्दै उल्लेखित सवै पक्षलाई सन्तुलित गर्दै यसको व्यवहारिक कार्यान्वयनका लागि ऐक्यवद्धता, सहकार्य र प्रतिवद्धता व्यक्त गर्दै ७ बुँदे æवालिङ एक स्वास्थ्य घोषणापत्र २०८३Æ जारी गरेका छन । 
वालिङ नगरपालिकाको आयोजना तथा हेफर इन्टरनेशनल नेपाल, दियालो संस्था, नेपाल वन हेल्थ ईन्स्टिच्युट र  वालिङ बहुमुखी क्याम्पसको प्राविधिक सहयोग एवं समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...