अहिले तरंगमा

Pop Songs

केहि छिनमा

Gambeshika Bhaka

समाचार

सिक्दै कमाउँदै कार्यक्रम अन्र्तगत बन्दा काउलीका बेर्ना उत्पादन

news

 
रेडियो आँधीखोला
वालिङ, १३ कार्तिक । 
स्याङ्जाको आँधीखोला गाउँपालिका २ मा रहेको प्रधुम्न पनेरु माविमा सिक्दै कमाउँदै कार्यक्रम अन्र्तगत यति बेला काउली बन्दाको बेर्ना उत्पादन गरेका छन् । विद्यालयमा सञ्चालित १८ महिने बालीवज्ञान अन्र्तगत जेटिएका विद्यार्थीहरुले उक्त बेर्नाहरु तयार गरेका हुन् । २०७५ सालबाट विद्यालयमा बालीविज्ञान अन्र्तगत १८ महिने जेटिए कक्षा संचालित छ । जेटिएका विद्यार्थीहरुले सिजनका बेला विभिन्न तरकारी तथा फलफूलका बिरुवा तयार गर्दै आएका छन् । 
विद्यालयका प्रधानाध्यापक दिप्तीनारायण शर्माले भन्नुभयो, “विद्यालयमा बालीविज्ञान अन्र्तगतको जेटिए कक्षा २०७५ सालदेखि संचालित छ । हाल विद्यार्थीहरुले बन्दा काउलीको बेर्ना तयार गरेका छन् । ५ वटा टनेल छन् । ति टनेलमा विद्यार्थीले विभिन्न सिजनमा यस्ता बेर्नाहरु तयार गर्दै आएका छन् ।” विद्यालयले बेर्ना तथा ब्याडका लागि आवश्यक मल उपलब्ध गराउँछ भने पालिकाको सहयोगमा बिउ समेत उपलब्ध गराउँछ । विद्यार्थीको आफ्नै श्रमले ति बेर्नाहरु तयार गरिन्छ । विद्यार्थीले तयार गरेका बेर्नाहरु विद्यालयका हरेक विद्यार्थीलाई १० वटाका टरले उपलब्ध गराइन्छ । 
प्रअ शर्माले भन्नुभयो, “न्युनतम मुल्यमा त्यो बेर्ना दिईन्छ । न्यनतम रकम पनि तिर्न नसक्ने विद्यार्थीहरुलाई निशुल्क दिईन्छ । बेर्ना लगेर घरको करेसाबारीमा लगाउने र उत्पादन गर्न प्रेरित गर्ने गरेका छौँ ।” विद्यार्थीलाई किताबी ज्ञानसंगै प्रयोगात्मक ज्ञान समेत प्रदान गरिने भएकाले यसले विद्यार्थीहरुलाई व्यवहारिक सिकाईको विकास हुन्छ । हाल जेटिएमा २२ जना विद्यार्थी अध्ययनरत छन् । उक्त बेर्नाहरुबाट उत्पादित रकम विद्यार्थीहरुले नै लिने गरेका छन् । 
यसरी विद्यार्थीहरुले सिक्दै कमाउँछन् । विद्यार्थीहरुले काक्रा, टमाटर जस्ता सिजनका बेर्नाहरु तयार गर्दै आएका छन् । यो वर्षदेखि अन्य कक्षाका विद्यार्थीहरुलाई पनि यो कार्यक्रममा सहभागि बनाउने विद्यालयको योजना रहेको प्रअ शर्माले बताउनुभयो । हरेक कक्षालाई १÷१ वटा टनेल दिने र मल र बिउको व्यवस्थापन गरिदिने अनि विद्यार्थीलाई हप्ताको एक दिन उक्त सिकाईमा आवद्ध गराउने विद्यालयको योजना छ । यो कार्यक्रमबाट आर्जन भएको रकम हरेक कक्षाको आ–आफ्नै कोषमा जम्मा गर्ने र अतिरिक्त क्रियाकलाप गर्ने योजनाका साथ अन्य कक्षाका विद्यार्थीहरुलाई पनि सिक्दै कमाउँदै कार्यक्रममा आवद्ध गराउने प्रअ शर्माले बताउनुभयो । 
विद्यालयमा हाल २५० विद्यार्थी अध्यनरत छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुको आर्कषण घट्दै गईरहेका बेला यस्ता रचनात्मक कार्यक्रमहरुले विद्यार्थी आर्कर्षित गर्ने अपेक्षा गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...