अहिले तरंगमा

Pop Songs

केहि छिनमा

Gambeshika Bhaka

समाचार

विद्युतको सदुपयोग तथा सुरक्षासम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, १३ कार्तिक । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूका लागि विद्युतीय उपकरणहरूको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटी र प्रहरी जवान नरश वाव्लीले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा सुरक्षित विद्युतीय उपकरण तथा सामग्रीहरूको सही र सुरक्षित ढङ्गले प्रयोग गर्ने तरिका, विद्युत् प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू, विद्युत् चुहावट (ीभबपबनभ) तथा सर्ट सर्किटबाट हुन सक्ने सम्भावित जोखिमहरू, विद्युतीय दुर्घटनाबाट बच्ने उपायहरू र सम्भावित दुर्घटना भइहालेको अवस्थामा अपनाउनुपर्ने आपतकालीन सुरक्षात्मक उपायहरूबारे सैद्धान्तिक तथा व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
सुरक्षाकर्मीहरूलाई कार्यक्षेत्र र कार्यालयमा विद्युतीय सुरक्षासम्बन्धी सचेत गराउँदै संभावित दुर्घटनाहरू टार्न यस्ता व्यावहारिक तालिमहरूले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले अदालतबाट सवारी ज्यान मुद्दा कसूरमा दुई हजारजरिवाना तोकिई फरार रहेका १ जना प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...