अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

वालिङ नगरपालिकाको प्रथम त्रैमासिक प्रगति समीक्षा, जनमुखी सेवा र प्रभावकारी कार्यान्वयनमा जोड

news

 
रेडियो आँधीखोला,
वालिङ १८ ।
वालिङ नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर कार्यपालिकाको कार्यालय, वालिङमा आयोजना गरिएको उक्त समीक्षा कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो तीन महिना -साउन, भदौ र असोज) मा सञ्चालित विकास निर्माण, प्रशासनिक गतिविधि, सार्वजनिक सेवा प्रवाह तथा विभिन्न योजनाहरूको भौतिक एवं वित्तीय प्रगति विवरण, देखा परेका चुनौती र आगामी कार्यदिशाका बारेमा विस्तृत छलफल गरिएको छ ।
कार्यक्रममा नगरपालिकाअन्तर्गतका विभिन्न शाखा प्रमुखहरू, वडा सचिवहरुले आ–आफ्नो शाखा तथा वडाबाट सम्पादन भएका कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।  समीक्षाका क्रममा वडा कार्यपालिका सदस्यहरु, विषयगत समितिका संयोजकहरु, वडा अध्यक्षहरू, नगरपालिका साखा प्रमुखहरु त्था वडा सचिवहरुले  योजना कार्यान्वयनमा देखिएका व्यावहारिक जटिलता, जनशक्ति तथा स्रोतको व्यवस्थापन र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूबारे धारणा राखेका थिए । 
कार्यक्रममा उपप्रमुख कविता तिवार गैह्रेले विकास निर्माणका काममा पारदर्शिता र गुणस्तरीयता कायम गर्न अनुगमन प्रणालीलाई अझ सशक्त बनाइने बताउनुभयो। æप्रथम त्रैमासिकको समीक्षाले हामीलाई कहाँ सच्याउनुपर्छ भन्ने स्पष्ट मार्गनिर्देश गरेको छ,æ उपप्रमुख तिवारीले भन्नुभयो, æनागरिकका अपेक्षा सम्बोधन गर्न र स्थानीय तहबाट प्रवाह हुने सेवालाई अझ बढी जनमुखी एवं उत्तरदायी बनाउन हामी प्रतिबद्ध छौँ।æ
प्रथम त्रैमासिक समीक्षाले हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै देखिएका समस्याहरू समाधान गरी बाँकी अवधिमा तोकिएका लक्ष्यहरू समयमै पूरा गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...