अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Nepal Khabar

समाचार

चापाकोटमा आठौं कालीगण्डकी गोल्डकप हुने

news

 
रेडियो आँधीखोला
वालिङ, १२ कार्तिक । 
स्याङ्जाको चापाकोटमा आठौं कालीगण्डकी गोल्डकप–२०८३ हुने भएको छ । माटो चापाकोटको जोश फुटबलको, पहिचान हाम्रो गौरव सबैको भन्ने मूला नारासहित द राइजिङ ग्रुप अफ चापाकोटले आठौं संस्करणको कालीगण्डकी गोल्डकप–२०८३ गर्ने भएको हो । यही कात्तिक १३ देखि १८ गतेसम्म चापाकोटको बगैंचास्थित खेलमैदानमा आठौं संस्करणको कालीगण्डकी गोल्डकप–२०८३ सञ्चालन गरिने आज बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
स्थापनाकालदेखि नै सामाजिक, सांस्कृतिक, खेलकुद र सेवामूलक कार्यक्रमहरु गर्दै आएको र अहिले आठौं संस्करणको कालीगण्डकी गोल्डकप–२०८३ आयोजना गरिएको क्लबका अध्यक्ष लालबहादुर घर्तीले जानकारी गराउनुभयो ।।
कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाँण (ईश्वर) ले यो फुटबल प्रतियोगिता युवाहरुका लागि मात्र नभएर हामी सबैका लागि महत्वपूर्ण र रोचक रहेको बताउनुभयो । आठौं संस्करणको प्रतियोगिता आयोजना गरेकोमा क्लवलाई धन्यवाद दिदै नगरप्रमुख खाँणले कालीगण्डकी गोल्डकप सफल पार्न हामी सबैको दायित्व भएकाले आ आफ्नो ठाउँबाट साथ र सहयोग गर्न आग्रह गर्नुभयो । प्रतियोगिताका लागि नगरपालिकाले रु ७ लाख सहयोग गर्ने घोषणा गरेको छ । 
प्रतियोगिताको विजेताले रु.३ लाख र उपविजेताले रु.१ लाख ५० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रममा करिव ३२ लाख आम्दानी गर्ने र २३ लाख खर्चहुने अनुमान रहेको क्लबले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...