अहिले तरंगमा

Good morning Aandhikhola

केहि छिनमा

Nepal Khabar

समाचार

खड्काको घरपरिवारलाई आर्थिक सहयोग

 
रेडियो आँधीखोला
वालिङ, २ मंसिर । 
स्याङजा सहयोग समाज अन्तराष्ट्रि समन्वय समितिले युएईमा निधन भएका आँधिखोला गाउँपालिका २ ओहीयाका सागर खड्काको घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले युएईमा हृदयघातका कारण निधन भएका खड्काको परिवारलाई ७८ हजार आर्थिक सहयोग गरेको हो । समाजले जापान समाजका अध्यक्ष वेद कार्कीद्धारा संकलीत २१ हजार, स्याङजा सहयोग समाज युएईले २५ हजार, आईसीसीको २५ हजार र अन्य व्यक्तीहरुबाट ७ हजार गरी ७८ हजार सहयोग गरेको संस्थाका कोषाध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिनुभयो । 
सहयोग हस्तान्तरण गर्दै स्याङजा सहयोग समाज अन्तराष्ट्रि समन्वय समितिका अध्यक्ष मिन बहादुर क्षेत्रीले यस्तो घटना सबैलाई पर्ने हुदाँ समालिनुको विकल्प नरहेको बताउनुभयो । मृतक खड्काको बैकुण्डमा बासको कामना सहित सोकाकुल घरपरिवारमा धैर्य गर्ने क्षमता पशुपतिनाथले प्रदान गर्ने उहाँले कामना गर्नुभयो । सहयोग हस्तान्तरण कार्यत्रममा प्रा.डा दिलबहादुर क्षेत्रीले यस्तोबेला सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । खड्काको यहि कार्तिक १० गते ३२ वर्षको उमेरमा ह्रृदयघातका कारण निधन भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...