अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Nepal Khabar

समाचार

अवैध रुपमा बालुवा उत्खनन गर्ने ट्याक्टर स्याङ्जामा नियन्त्रणमा, रु. १० हजार जरिवाना

 
रेडियो आँधीखोला
वालिङ, १२ कार्तिक । 
स्याङ्जाको भीरकोट नगरपालिका–१ स्थित आँधिखोला किनारबाट अवैध रुपमा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी दहथुम स्याङ्जाबाट प्रहरी हवल्दार दिल बहादुर सुनारीको कमाण्डमा खटिएको गस्ती टोलीले बयरघारी स्थित आँधिखोलाको किनारबाट अवैध रुपमा बालुवा उत्खनन गरिरहेको ग १ त ७४०९ नम्बरको ट्याक्टरलाई फेला पारी नियन्त्रणमा लिएको हो।
नदीजन्य पदार्थको अवैध दोहन रोक्ने क्रममा नियन्त्रणमा लिइएको उक्त ट्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको थियो। नगरपालिकाले सो ट्याक्टरलाई (दश हजार) जरिवाना गराई छाडेको प्रहरीले जनाएको छ।
स्थानिय नदी तथा खोलाहरूबाट गैरकानुनी रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन र ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न प्रहरीले गस्ती तथा अनुगमनलाई तीव्र बनाएको छ।
त्यस्तै प्रहरीले प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी निरीक्षक सुवास साहको कमाण्डमा खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका वडा नम्बर १२ पेल्काचौर एरियामा पुगी अवैध रूपमा प्राकृतिक रुपमा उम्रिएका अन्दाजी १६४५ वटा हरियो गाँजाका बोटहरू नष्ट गरेको हो।
स्थानीय जनप्रतिनिधिको रोहबरमा प्रहरी टोलीले उक्त क्षेत्रमा फैलिएका गाँजाका बोटहरू पहिचान गरी फाँडेर पूर्ण रूपमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध लागुऔषध उत्पादन तथा उन्मुलन अभियान अन्तर्गत प्रहरीले यसरी विभिन्न स्थानमा उम्रिएका गाँजाका बोटहरू नष्ट गर्दै आएको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...