अहिले तरंगमा

Pop Songs

केहि छिनमा

Gambeshika Bhaka

समाचार

गुल्मीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्य, ३ घाइते

news

 
रेडियो आँधीखोला 
वालिङ, १० कार्तिक । 
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । दुर्घटनामा चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सिरकोटकै सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका–२ की नीता बगालेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । दिलिप बगाले जिल्ला समन्वय समिति स्याङ्जाका पुर्व उपप्रमुख तथा नेकपा एमालेका नेता रहनुभएको थियो । 
पाँच जनाको घटनास्थलमै र नीता बगालेको उपचारकाक्रममा स्याङ्जाको मिर्मीमा रहेको कालीगण्डकी सामुदायिक अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते हुनेहरुमा कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी रहेको प्रहरीले जनाएको छ ।
घाइतेको कालीगण्डकी सामुदायिक अस्पताल र पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट हुँदै राक्सेका लागि छुटेको बा ०२२० नम्बरको जीप हिजो बेलुका दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार स्कारपियो अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ । दुर्घटनाग्रस्त गाडी सडकबाट करिब २५० मिटर तल खसेको छ । दुर्घटनास्थल प्रहरी चौकी पुर्तिघाटबाट ६ किलोमिटर दक्षिणमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...