अहिले तरंगमा

Pop Songs

केहि छिनमा

Gambeshika Bhaka

समाचार

चाडपर्वको उल्लासबीच कृषकलाई धान भित्र्याउने चटारोसँगै वर्षाको चिन्ता

news

 
वालिङ, १० कार्तिक । 
नेपालीहरूको महान पर्व बडा दसैँको रौनक समाप्त भएसँगै यतिखेर ग्रामीण भेगका खेतहरू सुनौला धानका बालाले पहेँलपुर बनाएका छन् । दसैँभर उज्यालो र घमाइलो दिन बिताएका कृषकहरू यतिखेर खेतमा पहेँलपुर भएको धान भित्र्याउने चटारोसँगै आसन्न वर्षाको त्रासमा छन् ।
जल तथा मौसम विज्ञान विभागले आगामी बुधबार, कार्तिक ११ गतेदेखि १४ गतेसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने जानकारी गराएसंगै किसानलाई पाकेको धानको पिरलो छ । बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली (चक्रवात) को प्रभाव नेपालमा पर्ने देखिएपछि मौसमविद्हरूले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। 
स्याङ्जाका फाँटहरु वालिङ, पुतलीबजार, भीरकोट, गल्याङलगायतका कृषि क्षेत्रहरूमा यतिबेला धान काट्ने चटारो छ । केही स्थानमा धान काटेर खेतमै सुकाउने क्रम चलिरहेको छ भने कतिपय ठाउँमा भर्खरै काट्न थालिएको छ । यस्तो बेलामा मौसम खुल्नुको सट्टा बदलिने र पानी पर्ने सम्भावना देखिएपछि किसानहरूले लगाएको बाली खेतमै कुहिने वा झर्ने डरमा छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका १२ का कृषक यामबहादुर रानाले दशैँ लगत्तै धान काट्ने सोँच बनाउनुभएको थियो । तर परिवारका सदस्य विरामी भएपछि धान काट्ने मिति स¥यो । उहाँले भन्नुभयो, ‘दशैँ लगत्तै काट्ने योजना थियो । समय परिस्थिति मिलेन अब काटौँ भने मौसमविदले बुधबारदेखि पानी पर्ने भनेका छन् । काटेर भिज्नु भन्दा बरु नकाट्ने योजनामा पुगिायो ।’ स्याङ्जाको कुल धान खेति हुने क्षेत्रफल १३ हजार ६८५ रहेको छ । पछिल्लो समय कृषकहरु उन्नत तथा हाईब्रिड धान खेतिमा आर्कषित भएका छन् ।
चक्रवातको यो प्रभावले विशेषगरी कृषि क्षेत्रमा ठूलो असर पार्न सक्ने भन्दै कृषि विकास कार्यालय स्याङेजाले  सचेतना अपनाउँन आग्रह गरेको छ । कार्यालयका प्रमुख प्रकाश वस्ताकोटीले धान काट्न हतार नगरी मौसम सफा भएपछि धान काट्न सुझाव दिनुहुन्छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...