अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

मलाई सुर्यको प्रकाशले फुल्न दिएको छ ः अदिती

news

 
 
२०७७ असोज २६ ।
 
नायिका अदिती वुढाथोकी दुबई पुगेकी छिन् । दुबइमा पुगेर तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् । उनले, आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको उल्लेख गरेकी छिन् ।
 
सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १० लाख भन्दी बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।
 
 
 
 
अदिती वुढाथोकी निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्ने तयारीमा थिइन् । तर, लकडाउनका कारण चलचित्रको छायांकन सुरु हुन सकेन ।
 
बलिउड प्रवेशका लागि प्रयास गरिरहँदा उनलाई सफलता हात लागेको छैन । नेपाली चलचित्रमा पनि उनी करिअर बनाउने प्रयासमा छिन् । तर, अदितीको चलचित्र करिअर के हुन्छ भन्न सकिने अवस्था छैन । सामाजिक संजालमा भने उनको लोकप्रियता बढिरहेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...