अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

ग्रीसमा १ सय ५० भन्दा धेरै जङ्गलमा फैलिएको डढेलो अनियन्त्रित

news

 
  साउन २४, २०७८ आइतबार 
काठमाण्डाै - ग्रीसमा १ सय ५० भन्दा धेरै जङ्गलमा फैलिएको डढेलो अनियन्त्रित भएको छ ।
 
वेगले चल्ने गरेको हावाका कारण डढेलो तीव्र गतिमा फैलिरहेको ग्रीसका अग्नि नियन्त्रकले जनाएका छन् ।
 
राजधानी एथेन्सबाट उत्तरी क्षेत्र, इभिया टापु, प्राचीन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ । अरु ६ वटा इलाकामा आगो फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको बीबीसीले जनाएको छ । आगलागीका कारण सयौं व्यक्ति विस्थापित भएका छन् ।
 
डढेलो निभाउने क्रममा अग्नि नियन्त्रकसहित दुई जनाको ज्यान गएको छ । २० जना घाइते भएका छन् । पछिल्ला १० दिनमा ५६ हजार हेक्टर जङ्गलमा क्षति भएको खबरमा उल्लेख छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...