अहिले तरंगमा

Sajha Khabar

केहि छिनमा

Songs & Add

समाचार

अफगानिस्तानमा महिलाहरुको प्रदर्शन रोक्न तालिबानद्वारा अश्रुग्यास प्रहार

news

 

  

 

 

 

  भदौ २०,  भदौ २०काठमाण्डाै - सरकारमा सहभागी हुन पाउने माग गर्दै अफगानिस्तानमा महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई रोक्नका लागि तालिबानले अश्रुग्यास र खुर्सानीको धुलोको स्प्रे बनाएर प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएकाले यस्तो गर्नुपरेको तालिबानले बताएको बीबीसीले जनाएको छ ।

कामको लागि समान अधिकार र सरकारमा सहभागी हुन पाउनु पर्ने माग गर्दै तालिबानी शासनको त्रासबीच नै महिलाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् । बीस वर्ष अगाडिको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारको त्रासमा परेका महिलाहरुले यस पटक त्यस्तो नहोस् भनिरहेका छन् ।

त्यसबेला सबै महिलाले पूरै शरीर ढाक्ने बुर्का अनिवार्य लगाउनुपर्नेदेखि दश वर्षमाथिका बालिकालाई विद्यालय जानसमेत रोक लगाइएको थियो ।

  भदौ २०काठमाण्डाै - सरकारमा सहभागी हुन पाउने माग गर्दै अफगानिस्तानमा महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई रोक्नका लागि तालिबानले अश्रुग्यास र खुर्सानीको धुलोको स्प्रे बनाएर प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएकाले यस्तो गर्नुपरेको तालिबानले बताएको बीबीसीले जनाएको छ ।

कामको लागि समान अधिकार र सरकारमा सहभागी हुन पाउनु पर्ने माग गर्दै तालिबानी शासनको त्रासबीच नै महिलाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् । बीस वर्ष अगाडिको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारको त्रासमा परेका महिलाहरुले यस पटक त्यस्तो नहोस् भनिरहेका छन् ।

त्यसबेला सबै महिलाले पूरै शरीर ढाक्ने बुर्का अनिवार्य लगाउनुपर्नेदेखि दश वर्षमाथिका बालिकालाई विद्यालय जानसमेत रोक लगाइएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...