समाचार
भिरकोट नगरद्धारा संस्कृति संरक्षणका लागी पञ्चे बाजा वितरण
रेडियो आँधीखोला
वालिङ, २४ फाल्गुन ।
भीरकोट नगरपालिकाले संस्कृति संरक्षणका कागी पञ्चे बाजा वितरण गरेको छ । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संस्कृतिलाई संरक्षण गर्दै आयआर्जन वृद्धिका लागी पञ्चे बाजाका सेटहरु वितरण गरिएको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो । युनडिपि र भीरकोट नगरपालिकाको संयुक्त लगानीमा संचालित कार्यक्रम हरित पुनः उत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्र्तगत वडा नं. २ र वडा नं. ८ का दमै समुदायका दुई समुहलाई पञ्चेबाजा सेट वितरण गरिएको केसीले जानकारी दिनुभयो ।
पञ्चेबाजा हस्तान्तरण गर्दै नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले परम्परा र संस्कृतिसंग जोडिएको पञ्चेबाजा बजाउने सिप पछिल्लो समय हराँउदै जाने थालेको भन्दै यसको संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागी यो कार्यक्रम गरिएको बताउनुभयो । विषेश गरी दमै समुदायका व्यक्तिहरुले समुहमा मिलेर पञ्चेबाजा बजाउने पेशालाई निरन्तरता दिँदै आईरहेको भन्दै उहाँहरुको पेशा संकटमा नआओस भन्ने ध्ययका साथै आर्यआर्जनको वृद्धि विकासका लागी समेत टेवा पुग्ने उद्देश्यले पञ्चेबाजा वितरण गरिएको नगरप्रमुख कर्माचार्यले बताउनुभयो ।
पञ्चेबाजा सेट अन्र्तगत ढोलक, मादल, झयाली, नरर्सिङगालगायतका बाजाहरु वितरण गरिएको हो । नगरप्रवक्ता केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा नं. ९ का अध्यक्ष भिम गुरुङ र सहजीकरण लक्ष्मण अधिकारीले गर्नुभएको थियो । यसैबीच नवप्रर्वतन ईबिक अन्र्तगत भीरकोट १ मा बंगुर पालन तालिम शुरु भएको छ । बंगुर पालन व्यवसाय गरिरहनुभएका कृषकहरुका लागी एक हप्तो तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै नगरप्रमुख कर्माचार्यले तालिमको सही उपयोग गर्दै व्यवसायमा लाग्न सहभागिलाई आग्रह गर्नुभयो ।
नगरलाई बंगुरको मासुमा आत्मनिर्भर बनाउनका लागी यस तालिमले सहयोग गर्ने भन्दै व्यवसायिक रुपमा पशुपालनमा लाग्नुपर्नेमा जोड दिनुभयो । तालिममा वडा नं. १, २ र ६ का गरी २५ जनाको सहभागिता रहेको छ । तालिममा थानप्रसाद गैह्रेले सजहीकरण गर्नुभएको छ । नगरप्रवक्ता केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पशु साखा प्रमुख भावना केसीले गर्नुभएको थियो ।