अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्गजाको भीरकोट नगरपालिकामा डिजिटल नागरिक वडापत्र

news

 
आँधीखोला खबर 
वालिङ, १८, जेठ ।
स्याङ्गजाको भीरकोट नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर गर्दै कार्यालय परिसरमा बुधबार डिजिटल नागरिक वडापत्रको सेवा शुभारम्भ गरिएको हो ।
नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने विभिन्न प्रकारका सेवा कसरी र कहाँ लिने र यसका लागि आवश्यक कागजी प्रक्रियाबारेमा स्पष्टरुपमा वडापत्रमा उल्लेख छ । साथै डिजिटल नागरिक वडापत्र कसरी चलाउने भन्ने संचालन विधि पनि राखिएको छ । सेवागग्राहीले सिधै आफुले लिन चाहेको सेवाको बारेमा आवश्यकता अनुसार स्वयम हेर्न सक्ने छन् ।
भीरकोट नगरपालिकालाई प्रविधिमय बनाउन र समयानुकूल भित्रिएका प्रविधिको उच्चतम प्रयोग गरेर सेवा दिने उद्देश्यले कार्यालयमा डिजिटल प्रविधिसहितको वडापत्र तयार पारेर राखिएको नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले बताए । नगरभित्रका केही वडामा पनि डिजिटल नागरिक वडापत्र राखिएको र अन्य वडा कार्यालयमा पनि क्रमशः राखिने उनको भनाइ छ । प्रमुख कर्माचार्यले प्रविधिको उच्चतम प्रयोग सहित डिजिटल नागरिक वडापत्र राखे संँगै हरेक सेवा लिदा सेवाग्राहीलाई सहज हुने बताए ।६५ इन्चको स्मार्ट टि. भि. र साइनेज सिस्टम जडान गरिएको डिजिटल वडापत्रको लागत ३ लाख ५० हजार रूपैयाँ रहेको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...