समाचार
स्वास्थ्य सम्बन्धी संचेतानामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छः नगर प्रमुख भट्टराई
वालिङ, ७ असार ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले समाजमा लागु औषधको विकृती लुकेर रहेको हुन सक्ने भन्दै त्यसको न्यूनिकरणका लागि नगर भरिनै कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ को आर्थिक सहयोग र आलमदेवी मिडिया प्रा.लिको सहजिकरणमा आयोजित सर्ने, नसर्ने तथा लागु औषध दुब्र्यसनी नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रमको उद्घाटन गर्दै सो कुराबताउनु भयो हो । मानिस दुब्र्यसनमा फसेपछि फेरी पुनः पहिलेकै अवस्थामा फर्काउन नसकिने र अन्त्यमा आत्महत्या गर्न सम्म पछि नपर्ने भएकाले यस्ता अभियानले मानव जीवनको रक्षा गर्ने पक्षमा टेवा पुग्ने बताउदै वडा नं.३ ले रचनात्मक कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगर शिक्षा समिति सदस्य सरस्वती भट्टराई, फलाङ टोल विकास समितिका अध्यक्ष केशबराज न्यौपाने, चिराग आवासीय माध्यमिक विद्यालयका शिक्षक रुक्मागत भण्डारी, सहभागीको तर्फबाट गल्याङ बहुमुखी क्याम्पसको विद्यार्थी आकृति भण्डारी, आदर्श आवासीय माध्यमिक विद्यालयकी विद्यार्थी शिशिल्या सिंजाली, भूपूसैनिक माध्यमिक विद्यालयका विद्यार्थी एन्जल अर्याल लगायतले बोल्नु भएको थियो ।
करिब १०० जनाको सहभागीता रहको कार्यक्रमको प्रशिक्षण जीवनबाटीका स्याङ्जाका अध्यक्ष नविन अर्याल, गल्याङ प्रहरी चौकी प्रमुख यामनाथ बगाले, गल्याङ नगरपालिका स्वास्थ्य शाखाका सहायक प्रमुख दुर्गा प्रसाद भट्टराईलगायतले बोल्नुभएको थियो ।
वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सचिव यामनाथ बस्याल(सुधिर) र कार्यक्रमको सञ्चालन आलमदेवी मिडिया प्रा.लिका अध्यक्ष टिकाराम अधिकारीले गर्नु भएको थियो ।