अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा पार्किङ तथा भाडा समायोजन सम्बन्धी बैठक सम्पन्न

news

 
वालिङ, ५ भाद्र ।
वालिङ नगरपालिकामा सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा भाडादर कायम गर्ने सम्बन्धमा बैठक सम्पन्न भएको छ । नगरप्रमुख कृष्ण खाँणको अध्यक्षता,ट्राफिक प्रहरी,जीप तथा अटो व्यवसायी र उद्योग वाणिज्य संघको उपस्थितिमा बसेको बैठकले वालिङमा सञ्चालित सवारीसाधनहरुको व्यवस्थापनको लागि विभिन्न निर्णयहरु गरेको छ ।
सोमबार बसेको बैठकले वालिङ नगर भित्र संचालनमा रहेका सवारी साधनहरु बजार क्षेत्रमा एकतर्फि आलोपाले पार्किङ गर्ने निर्णय गरेकोे छ । यस्तै बैठकमा अटो रिक्साको भाडा कच्ची सडकमा तीन कि.मि.सम्म प्रतिव्यक्ति रु.१५ कायम हुने निर्णय गरेको छ । पक्की सडकमा तीन कि.मि.सम्म प्रति कि.मि.प्रतिव्यक्ति रु १० कायम गरेको छ । कच्ची सडकमा तीन कि.मि.भन्दा बढी दुरीमा प्रति कि.मि.रु १५ तथा सोही प्रकृतिमा पक्की सडकमा प्रति कि.मि.रु १० भाडादर कायम गरेको छ ।
त्यस्तै स्याङ्जा पर्वत प्रा.लि.बाट सञ्चालित जीपहरु भुम्रेचोकदेखि माथि कृषि विकास बैङ्कको पछाडिको खाली जग्गामा पार्किङ गर्ने निर्णय पनि गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...