अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

विपीन जोशीको सुरक्षा र रिहाइका लागि परराष्ट्र मन्त्रालयको आह्वान

news

 

कात्तिक ११,  काठमाण्डाै - परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशङ्का गरिएका विपीन जोशी र अरु देशका बेपत्ता नागरिकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ ।

गएको असाेज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य र संलग्न अन्य कुटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...