अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

उपकार सहकारीको नवनिर्वाचित सञ्चालक समितिद्धारा पदस्थापन

news

 
रेडियो आँधीखोला
वालिङ, २६ कार्तिक ।
स्याङ्जाको वालिङमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको पदस्थापन गरिएको छ । नवौं अधिवेशनबाट निर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको आज शनिबार संस्थाको प्रधान कार्यालय वालिङमा सपथ ग्रहणसहित पदस्थापन गरिएको हो । 
 
नवौ अधिवेशनबाट निर्वतमान भएको समितिले यस अवसरमा संस्थामा कार्यरत ३० जना कर्मचारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेको छ । योसँगै कर्मचारीहरुले नियमित कर्मचारीकोरुपमा सेवा गर्ने नियुक्ति पाएका छन् । कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक मुक्तिप्रसाद पाण्डेले नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई सपथ ग्रहण गराउनुभएको थियो भने भर्खरै निवर्तमान हुनुभएका अध्यक्ष भरतप्रसाद बगालेले माइन्युट हस्तान्तरण गर्नुभएको थियो ।
 
आगामी ४ वर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक समितिको अध्यक्षमा यामकान्त खनाल, उपाध्यक्ष यज्ञप्रसाद अधिकारी, सचिव गोकर्ण प्रसाद भट्टराई र कोषाध्यक्षमा दुर्गा कुमारी न्यौपाने छन् ।
यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा परसुराम लम्साल र सदस्यहरुमा गोपाल जिटी र सिर्जना सिग्देल ( काफ्ले ) रहनुभएको छ । सञ्चालक सदस्यहरुमा राजिव कुमार अर्याल, भवि गुरुङ, राजेन्द्रप्रसाद बगाले, सुमन कल्याण अर्याल, घनश्याम पाठक, शालिकराम न्यौपाने र मोहनीलाल गैहे« रहेका छन् भने महिला सदस्यमा तारा तिवारी र सरस्वती पाण्डे रहनुभएको छ ।
२०५० सालमा स्थापना भएको सहकारीले वालिङसहित बायँटारी, चापाकोटको दामाचौर र कालीगण्डकीको मिर्मी गरी ४ वटा सेवाकेन्द्र तथा वालिङ ७ केवरेमा सदस्य सम्पर्क कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएको छ । सहकारीमा कूल ७ हजार ८ सय १४ जना शेयर सदस्य रहेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...