समाचार
वालिङ नगरपालिका १३ पाठखोलामा कृषि सामाग्री वितरण
रेडियो आँधीखोला
वालिङ, ४ पौष ।
वालिङ नगरपालिका १३ पाठखोलामा कृषि सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोगमा स्वाभिमान कृषक समूह वालिङ १३ पाठेखोलाले कृषकहरुका लागी कृषि सामाग्री वितरण गरेको हो । कृषि सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कृष्ण खांणले कृषकको साथमा नगरपालिका रहेको भन्दै ढुक्क भएर उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।
कृषक बिना नगरपालिका आत्मनिर्भर हुन नसक्ने भन्दै आलुमा आत्मनिर्भर भएको पाठेखोला तरकारी तथा फलफुलमा समेत आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै प्राविधिक सहयोग र बजारीकरणका लागी नगरपालिकाले साथ दिने नगरप्रमुख खांणले बताउनुभयो । कृषिको आधुनिकीकरण तथा बजारीकरणका लागी नगरपालिकाले निति नै बनाएर अगाडि बढेकाले वास्तविक कृषकको साथमा नगरले सँधै साथ र सहयोग दिने बताउनुभयो ।
कार्यक्रममा जगदिश गैह्रे, रुक्मागत पाठक, आँधीखोला आमा समुहकी अध्यक्ष कमला पाठक, टोल संयोजक दिनेश पाठकलगायतले बोल्नुभएको थियो । समुहकी अध्यक्ष मिना पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य संगिता पाठक संचालन सचिव रेनुमाया पाठक र धन्यवाद प्रतिमा पाठकले गर्नुभएको थियो । कृषकहरुका लागी १५ वटा टनेल, २ थान डिजिटल काँडा, स्पे्रयर, लहरेबाली अन्र्तगत काक्रा, घिरौला, करेला, लौका र अकबरे खुर्सानीको बिउ समेत वितरण गरिएको छ । समुहले कृषि ज्ञान केन्द्रको सहयोगमा ४५ रोपनीमा सामुहिक आलुखेति समेत गरेको छ ।