अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

युनियनको स्थापना दिवस वालिङमा मनाईयो

news

 
रेडियो आँधीखोला
वालिङ, २० पौष ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम स्थपाना दिवस स्याङ्जाको वालिङमा मनाईएको छ । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको आयोजना र नेपाल प्रेस युनियन जिल्ला साखा स्याङ्जाको समन्वयमा स्थापना दिवस तथा शुभकामना आदानप्रदान गरिएको हो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस युनियन गण्डकी प्रदेश लेखा संयोजक राधाकृष्ण डुम्रे, रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगाले, युनियनका निर्वतमान अध्यक्ष प्रदिप कोईरालालगायतले पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागी अझै प्रतिवद्ध भएर लाग्नेमा जोड दिनुभएको छ । साथै वक्ताहरुले स्थापना दिवसलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...