समाचार
ज्ञान शान्ति अक्षय कोषबाट विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
रेडियो आँधीखोला
वालिङ, २० पौष ।
ज्ञान शान्ति अक्षय कोषबाट विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । अमिलि थुम आधारभुत विद्यालय वालिङ ८ घ्याङलिङमा विहिबार एक कार्यक्रमको आयोजना गरी अक्षयकोषबाट विद्यालय पोसाकको ट्¥याक सुट वितरण गरिएको हो । कार्यक्रममा जिल्ला समवन्य समिति सदस्य सरस्वति बगालेले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन फरक खालका कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताउनुभयो ।
विद्यार्थी तथा अभिभावकलाई सामुदायिक विद्यालयप्रति आर्कषण बढाउनका लागी यहाँका स्थानीय निकाय सम्बन्धीत सरोकारवाला प्रतिवद्ध भएर लाग्नुपर्नेमा बगालेको जोड छ । कार्यक्रममा अक्षयकोष दाता कल्पना अर्यालले अक्षयकोषबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागी छात्रवृत्ति प्रदान गर्दै आईएको बताउनुभयो । विद्यालय व्यवास्थापन समिति अध्यक्ष शंकर सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका प्रअ सृजना गैह्रे न्यौपानेले गर्नुभएका थियो । विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई विद्यालयको लोगो अंकित ट्¥याकसुट वितरण गरिएको हो ।