अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सूर्योदय बचत तथा ऋण सहकारी संस्थाद्धारा जिल्लाका ३ पत्रकार सम्मान

news

 
रेडियो आँधीखोला
वालिङ, २६ पौष ।
सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्याङ्जाले रजत जयन्ती अवसरमा जिल्लाका तीन पत्रकारलाई सम्मान गरेको छ । पुतलीबजार नगरपालिका ३ बाडखोलामा केन्द्रिय कार्यालय रहेको सुर्योदयले पत्रकार महासंघका जिल्ला उपाध्यक्ष राधाकृष्ण डुम्रे, कोषाध्यक्ष रमेश गोदार र निर्वतमान उपाध्यक्ष अर्जुन काफ्लेलाई सम्मान गरेको हो । आँधीखोला खबर डटकमका प्रधानसम्पादक, काफ्ले गोरखापत्रको स्याङ्जा संवादाता र गोदार रेडियो स्याङजा तथा टेलिभिजनका प्रमुख ब्यवस्थापक रहनुभएको छ । 
 
तीनै जनालई दोसल्ला ओडाएर सम्मानपत्रसहित नगद दुई हजारले प्रदेश सहकारी कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सम्मान गर्नु भएको हो । सहकारीका प्रबन्धक धु्रब नारायण श्रेष्ठले रजतजयन्तीमा पत्रकार सहित उत्कृष्ट बचतकर्ता,सफल उद्यमी तथा उत्कृष्ट सेवाग्राही, जेष्ठ सदस्य, प्रविधि मार्फत उत्कृष्ट कारोवार गर्ने सदस्य २५÷२५ जना, प्रारम्भिक तदर्थ समिति सदस्य आठ जना,१० वर्ष माथि कार्यरत कर्मचारी छ जनालाई सम्मान गरेको बताउनुभयो । 
 
यस्तै रजतजयन्तीमा ४२ जनाले रक्तदानगरेका हुन् भने सहकारी सचेतना तथा सरसफाई कार्यक्रम, नियमित बचतको महत्व विषयक पालिका स्तरीय निवन्ध, सूर्योदय  हाजिरी जवाफ,स्वास्थ्य शिविर,विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा खाध्यान्न बितरण गरिएको हो । बचत प्रमुख मोती प्रसाद मरासिनीले पाचँ, १०, १५, २० र २५ वर्षे दीर्घकालीन बचत योजना घोषणा तथा योगदानमा आधारित सदस्य सुरक्षा राहत घोषणा गरिएको बताउनुभयो । 
 
सुर्योदयका पाच शाखा, एक उपशाखा तथा १० हजार ९४० शेयर सदस्य तथा एक हजार ८८१ ऋणि रहेका छन् ।  शुसासन युक्त सुदृढ र विश्वासिलो संस्था बताउने परिकल्ना गरेको सहकारीले एशीयाली ऋण महासंघर नेपाल बचत तथा ऋण केन्द्रीय संघ लि सञ्चालनमा ल्याएको एक्सेस व्राण्डीङ कार्यक्रममा सहभागीता जनाई ८६ वटा सूचकहरूमा निरन्तर कार्यहरु गर्दै आएको छ । सहकारीको सात करोड ६६ लाख पाचँ हजार पाचँ सय रुपियाँ शेयर पूँजी रहेको छ भने कुल पूँजी ७३ करोड २३ लाख दुई हजार ८९० रुपियाँ १२ पैसा रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...