समाचार
मोबाइल एसोसिएसन वालिङको अध्यक्षमा केशब पराजुली
रेडियो आँधीखोला,
वालिङ १३ माघ ।
मोबाइल एसोसिएसन वालिङको सातौ साधारणसभा तथा तेस्रो अधिबेशन शनिबार स्वरेक मैदानमा सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट केसब पराजुलीको अध्यक्षतामा सात सदस्यीय समिती निर्माण गरिएको छ । एशोसियसनको उपाध्यक्ष सुरज रेग्मी, सचिबमा श्याम डुम्रे, कोषाध्यक्षमा भिमनारायण कोइराला निर्बाचित हुनुभएको । त्यस्तै सदस्यमा सुरज सापकोटा, सन्दिप भट्टराई, लक्ष्मण थापा रहनुभएको छ ।
मोबाइल ब्याब्सायलाई एकीकृत गर्दै बिभिन्न्न रचनात्मक कामहरु गर्दै आइरहेको संस्थाले आगामी दिनमा संस्थालाई शसक्त ढंगले अगाडि बढाउने र मोबाईल व्यवसायीहरुको हकहितका लागी प्रतिवद्ध भएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष केशब पराजुलीले बताउनुभयो ।