अहिले तरंगमा

Sajha Khabar

केहि छिनमा

Songs & Add

समाचार

जापनिज ल्याङ्वेज कन्सल्टेन्सीद्वारा बालगृहमा सहयोग

news

 
रेडियो आँधीखोला
वालिङ, ४ चैत ।
स्याङ्जाको वालिङ नगरपालिका ९ मा अवस्थित जापनिज ल्याङ्वेज कन्सल्टेन्सीले बालगृहलाई नगद तथा शैक्षिक सामग्री सहयोग गरेको छ । कन्सल्टेन्सीले स्याङ्जाको फेदीखोला गाउँपालिका १ मा रहेको अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहमा नगद रु. ३५ हजारसहित शैक्षिक सामग्री सहयोग गरेको कन्सल्टेन्सीका म्यानेजर अतित गुरुङले बताउनुभयो ।
बालगृहमा रहेका बालबालिकाहरुको शैक्षिक गतिविधिहरु सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कन्सल्टेन्सीले बालगृहमा पुगेर नगद तथा शैक्षिक सामग्री सहयोग गरेको म्यानेजर गुरुङले बताउनुभयो । बालगृहमै आएर नगद तथा शैक्षिक सामग्री सहयोग गरेकोमा अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले धन्यवाद ज्ञापन गर्नुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...