समाचार
स्याङ्जामा एकल महिलाहरुका लागी नेतृत्व विकास तालिम
वालिङ, १० असार ।
स्याङ्जामा एकल महिलाहरुका लागी नेतृत्व विकास तालिम शुरु भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा संचालित तालिमको उद्दघाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले महिलाहरु आर्थिक तथा सामाजिक रुपमा सक्षम हुनुपर्ने भन्दै यस्ता तालिमहरुले महिलाको आत्मविश्वसामा वृद्धि हुने बताउनुभयो ।
हिँजो चुलो चौकोमा मात्रै सिमित महिलाहरु आज सरकारका उच्च पदस्थ तहमा महिलाहरुको नेतृत्व पुगिरहेको भन्दै सबै महिलाहरु सक्षम र सबल हुनुपर्नेमा प्रजिअ नेपालको जोड छ । कार्यक्रममा एसपि शालिकराम शर्मा, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारीलगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । भोलीसम्म संचालन हुने तालिममा जिल्लाभरीबाट २५ जना एकल महिलाहरुको सहभागिता रहेको छ । आईतबारको प्रशिक्षणमा प्रजिअ नेपाल, सामाजिक विकास कार्यालयका शोभाचन्द्र रेग्मी, श्रीकला पौडेलले सहजीकरण गर्नुभएको थियो ।