समाचार
घरमा हुने सुत्केरीलाई शून्यमा झाने{ कालीगण्डकीको ध्येय, निःशुल्क एम्बुलेन्स सेवा
रेडियो आँधीखोला
वालिङ, ४ साउन ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गभ{वती तथा सुत्केरीलाई निःशल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा हुने सुत्केरीलाई शून्यमा झाने{ र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गने{ उद्देश्यले गत आथि{क वष{ २०८०÷८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो ।
गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले घरमै सुत्केरी हुने दरलाई शून्यमा झान{ एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको बताउनुभयो । “गाउँपालिकावासी सबै गभ{वती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेका छौँ । यसले गभ{वती महिला तथा सुत्केरी भइसकेपछि आमा र शिशुको स्वास्थ्यकाबारेमा रेखदेख र आवश्यक परामश{ दिन पनि सहज भएको छ”, उहाँले भन्नुभयो ।
गत आथि{क वष{बाट सेवा उपलब्ध गराउने काय{विधि बनाएर काया{न्वयनमा लगिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । यहाँ रहेका बथि{ङ सेन्टर तथा गाउँपालिकाद्वारा सञ्चालित कालीगण्डकी अस्पताल मिमी{मा गभ{वती तथा सुत्केरी महिलालाई आउन जान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको हो ।
वडा नं ७ मिमी{मा रहेको अस्पताल, वडा नं १ मा रहेको चण्डीभञ्ज्याङ बथि{ङ सेन्टर, वडा नं २ को आलमदेवी बथि{ङ सेन्टर र वडा नं ४ को विघा{ बथि{ङ सेन्टरगरी चार ठाउँमा आउन जान सेवा उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाले बताउनुभयो । पालिकासँग चारवटा एम्बुलेन्स रहेका छन् । “गत आवको अन्तिममा भए पनि काय{विधि बनाउर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेका छौँ, हालसम्म नौ जनाले सेवा लिनुभएको छ । यसको प्रचारप्रसार र सेवाका बारेमा टोलटोलमा जानकारी दिएर अझै प्रभावकारी ढङ्गले अगाडि बढाउने योजनामा छौँ”, स्वास्थ्य शाखा प्रमुख थापाले भन्नुभयो ।
कालीगण्डकी पालिकावासीलाई रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमासमेत सञ्चालनमा छ । यहाँ सञ्चालित कालीगण्डकी अस्पतालका सेवामा पनि गाउँपालिकावासीलाई निकै सहयुलियत दिइएको छ ।