अहिले तरंगमा

Sajha Khabar

केहि छिनमा

Songs & Add

समाचार

जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिताको नजिता सार्वजानिक, प्रथम र द्धितियले प्रदेशमा भाग लिने

news

 
रेडियो आँधीखोला
वालिङ, १५ कार्तिक ।
नेल्टा स्याङ्जाको आयोजनामा आयोजित जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिताको नजिता सार्वजानिक गरिएको हो । यही मंसिर ७ गते जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको थियो । स्याङ्जा, वालिङ र गल्याङमा गरिएको प्रतियोगितामा मावि तहका ४३ जना विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए । ४३ जना प्रतिष्पर्धी मध्ये प्रथम, द्धितिय र तृतियको नाम शनिबार सार्वजानिक गरिएको हो । 
नेल्टा स्याङ्जाका अध्यक्ष ओमविकास सिंजालीका अनुसार प्रथम दहथुम माध्यमिक विद्यालय भीरकोट २ का छात्रा चाहाना केसी, द्धितिय रोशनी अंगे्रजी माध्यमिक विद्यालय पुतलीबजार १ का पृथ्वी पोख्रेल  र जनज्योति माध्यमिक विद्यालय चापाकोट १० का दिपेश कौशल तृतिय हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम र द्धितिय स्थान हाँसिल गरेका विद्यार्थीले नेल्टा गण्डकी प्रदेशको आयोजनामा आयोजित प्रतियोगितामा भाग लिनेछन् । 
त्यस्तै जिल्लास्तरीय प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई नेल्टाले यही माघ २५ गते आयोजित जिल्लास्तरीय स्पेलिङ कन्टेस्ट प्रतियोगिताका अवसरमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने नेल्टाका अध्यक्ष सिंजालीले बताउनुभयो । नेल्टाले समय समयमा विद्यार्थीहरुको लागी अतिरिक्त क्रियाकलाप अन्र्तगतका विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै आएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...