समाचार
अर्जुनचौपारीले दियो फाल्गुन ६ गते सार्वजानिक विदा
वालिङ, ३० माघ ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले फाल्गुन ६ गते सार्वजानिक विदा दिएको छ । पालिकाले नेपालमै पहिलो नवग्रह मन्दिरमा धार्मिक महोत्सवको सुभारम्भ गर्ने भएकाले सार्वजानिक विदा दिएको हो । गाउँ कार्यपालिकाको माघ १८ गतेको निर्णय अनुसार गाउँपालिकाको वडा नं. १ जलवराह धार्मिक वन परिसरमा नेपालकै पहिलो नवग्रह मन्दिरको बैदिक विधिअनुसार सम्पन्न गरिने नवग्रह धार्मिक अनुष्ठान,गीता ज्ञान तथा धार्मिक महोत्सवको अवसरमा पालिकाभित्रका सरकारी कार्यालय, शैक्षिक संस्था, र सार्वजानिक संस्थानहरुमा सार्वजानिक विदा दिईएको गाउँपालिकाले जनाएको छ ।