अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चापाकोट कृषि क्याम्पसको भवन शिलन्यास

 
वालिङ, ९ जेठ । 
स्याङ्जाको चापाकोट नगरपालिका ८ मा प्राकृतिक स्रोत व्यवस्थापन कलेज (चापाकोट कृषि क्याम्पसको) को भवन शिलन्यास भएको छ । चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँण (इश्वर) आज एक कार्यक्रमकाबीच प्राकृति स्रोत व्यवस्थापन कलेजको भवन शिलन्यास गर्नुभएको हो ।
शहरी विकास मन्त्रालयबाट विनियोजत बजेट, संघीय योजना कार्यान्वयन इकाइ कास्कीसँग योजना सम्झौता भएसँग शर्मिला निर्माण सेवाले काम सुरु भएको हो । आठ कोठो भवन निर्माणका लागि शर्मिला निर्माण सेवा, वालिङले भ्याटसहित ९१ लाख ४२ हजार रुपैयाँमा असार १५ गतेभित्र सम्पन्न गर्ने गरी योजना सम्झौता गरेको छ ।
भवन निर्माणको काम असार १५ गतेसम्म सम्पन्न गर्नुपर्ने संघीय योजना कार्यान्वयन इकाइ कास्कीका सुचना अधिकारी लक्ष्मण लम्सालले बताउनुभयो । योजना सम्झौता ढिलो गरी भए पनि यो कार्यक्रम बहुवर्षीय नभई सालबसाली कार्यक्रमबाट भएको हो । असार १५ गतेसम्म काम सम्पन्न नभए बजेट फ्रिज हुने सुचना अधिकारी लम्सालको भनाई छ । गत आर्थिक वर्षमा पनि यस क्याम्पसका लागि शिक्षा मन्त्रालयबाट ५० लाख विनियोजन भएको थियो तर रकम के कसरी खर्च गर्ने भनेर निर्णय नहुँदा फ्रिज भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...