समाचार
बालशिक्षा आविमा दशैको शुभकाना आदनप्रदान कार्यक्रम
वालिङ, ८ असोज ।
स्याङ्जाको वालिङ, ११ गब्दे स्थित बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा दशैको शुभकाना आदनप्रदान गरिएको छ । विद्यालयलले नजिकिदैं गरेको नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा दशैँ विशेष कार्यक्रम आयोजना गरी शुभकामना आदन प्रदान गरेको हो । दशैँ विशेष शुभकामना आदन प्रदान तथा विद्यार्थीहरूको वादविवाद प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रमका अवसरमा बोल्नुहुँदै वालिङ, ११का वडा अध्यक्ष डण्डपानी पंगेनीले दशै पर्वले नेपालीहरुलाई एकताको सुत्रमा बाँधेको बताउनुभयो । हाम्रा पर्वहरु मनाउँदा तडकभडक रहित रुपमा संस्कृतिको संरक्षण हुने तरिकाले मनाउनुपर्नेमा अध्यक्ष पंगेनीको जोड थियो ।
कार्यक्रममा रणवीर मा.वि. का प्र.अ. लक्ष्मी प्रसाद रेग्मी, पूर्णामृत भवानी मा.वि.का प्र.अ. दिपक लम्साल, वालिङ नगरपालिकाका योजना शाखाका प्रमुख ढालबहादुर के.सी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वि.व्य.सका अध्यक्ष बिमल अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।