अहिले तरंगमा

Sajha Khabar

केहि छिनमा

Songs & Add

समाचार

आन्दोलन नियन्त्रणमा उत्कृष्ट भूमिका, प्रहरी जवान गिरी ’महिनाको उत्कृष्ट प्रहरी’ घोषित

news

 
रेडियो आँधीखोला,
वालिङ १४ अशोज ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्राविधिक प्रहरी जवान सुजाता गिरी भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित हुनुभएको छ् । गृह मन्त्रालयको सांगठनिक नीति निर्देशनअनुसार कर्तव्यप्रति इमान्दारिता, वफादारी र व्यावसायिक सुझबुझका आधारमा गिरीलाई छनोट गरिएको हो ।
गत भदौ २३ र २४ गते जेन–जेड आन्दोलनका क्रममा स्याङ्जा पुतलीबजार नगरपालिका –१ मा आन्दोलनकारीले विभिन्न कार्यालयमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको बेला प्रहरी जवान गिरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । आन्दोलनकारीलाई सम्झाइ–बुझाइ तितर–बितर गराउँदै, तोडफोड रोक्न र ल्याइएका टायर खोसी आगजनी हुन नदिएर उनले ठूलो मानविय तथा भौतिक क्षति न्यूनीकरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उहांको सो साहसिक कार्यलाई मूल्याङ्कन गर्दै ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ बमोजिम २०८२ भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले गिरीलाई बधाई दिँदै कर्तव्यनिष्ठ प्रहरी कर्मचारीका रूपमा यो उपलब्धि सम्पूर्ण संस्थाको गौरव भएको उल्लेख गर्नुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...