अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

रमाईलो मेलाको नाममा व्यापारिक स्टल राखि स्थानीय व्यापारीलाई निरुत्साहित नगरियोस

news

 
रेडियो आँधीखोला
वालिङ, २२ असोज । 
भीरकोट उद्योग वाणिज्य संघले रमाईलो मेलाको नाममा व्यापारिक स्टल राखि स्थानीय व्यापारीलाई निरुत्साहित नगर्न सम्बन्धीत निकायको ध्यानार्कषण गराएको छ । यही अशोज २३ देखि कार्तिक २ गतेसम्म आँधीखोला पिस युथ क्लब बयरघारीले रमाईनलो मेला गर्ने घोषणा गरेको छ । उक्त मेलामा व्यापारी स्टलहरु राखेर स्थानीय व्यापारीलाई निरुत्साहित गर्ने कार्य नगरियोस भन्दै भीरकोट उबा संघले भीरकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएको हो । 
आँफूहरु स्थानीय क्लबले साथमा रहेको भन्दै भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्यालले भन्नुभयो, “क्लबले रमाईलो मेला गर्दा हामीलाई कुनै आपत्ति होईन र मेलामा व्यापारी स्टलहरु राखि स्थानीय व्यापारीलाई निरुत्साहित गर्ने काम नहोस भन्ने मात्रै हो । रमाईलो मेला खेलकुद, मनोरञ्जन तथा संस्कृति संरक्षण केन्द्रित रहेमा राम्रो हुनथियोे ।” नेपालीहरुको महान चाड विजयादशमीको बेलामा समेत राम्रो व्यापार गर्न नसकेका व्यापारीहरुले रमाईलो मेलाको नाममा आयातित व्यापार गरियो भने यहाँको व्यापार थप धरासयी बन्ने उद्योग वाणिज्य संघको ठहर छ । 
व्यापारीक संघ संगठन बाहेक क्लब, आमा समूह, जातिय समाजलाई व्यापारिक मेला गर्न स्थानीय सरकारले अनुमति दिएको र वाणिज्य संघसंग कुनै सहमति नगरेको जनाएको छ । स्थानीय सरकारलाई कर तिर्दै आएका व्यापारीहरुले यदि रमाईलो मेलाको नाममा व्यापारिक केन्द्र बनाईयो भने कर नर्तिने चेतावनी दिएको छ । मंगलबार भीरकोट नगरपालिका उपप्रमुख भगवति अर्याल, प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल र समन्वय प्रमुख श्रीप्रसाद जिटिलाई ज्ञानपत्र पत्र बुझाईएको संघका अध्यक्ष नुवादत्त अर्यालले बताउनुभयो । रमाईलो मेलाको नाममा व्यापारिक स्टल राखि आयाति व्यापारको विपक्षमा रहेको बयरघारीका २७० जना व्यापारीले हस्ताक्षर समेत गरेका छन् । यसअघि भीरकोट उद्योग वाणिज्य संघले २ वटा प्रदेशस्तरीय महोत्सव सम्पन्न गरिसकेको छ भने आगामी पुसमा तेस्रो महोत्सव गर्ने अनुमति समेत लिएको संघका अध्यक्ष अर्यालले बताउनुभयो । 
यता भीरकोट नगरपालिका नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले भने क्लबलाई रमाईलो मेला गर्ने अनुमति दिईएको बताउनुभयो । क्लबलाई खेलकुद साथै सांस्कृतिक मेला गर्ने अनुमति दिईएको भन्दै स्टल राख्ने नराख्ने विषय क्लबको भएको नगरप्रमुख कर्माचार्यले बताउनुभयो । क्लबले खेलकुद तथा रमाईलो मेला गर्ने व्यापारीक संघसंगठनले व्यापारीक मेला गर्ने भनेर आँफूले पटक पटक भन्दै आएको पनि प्रमुख खनालले बताउनुभयो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...