अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

उपकारको वालिङ सेवा केन्द्रकोे इकाई साधारण सभा सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ६ पौष । 
गण्डकी प्रदेशकै प्रतिष्ठित संस्था मध्येको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा अन्र्तगत ४ सेवा केन्द्र र एक सदस्य सम्पर्क कार्यालय गरी ५ ओटा ईकाइ साधारण सभा सम्पन्न भएको छ । वालिङमा मुख्य कार्यालय रहेको सहकारीले शनिबार वालिङ सेवा केन्द्रको इकाई साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको संस्थाका जेष्ठ सेयर सदस्य ८६ वर्षीय सुर्यबहादुर श्रेष्ठले उद्दघाटन गर्नुभएको हो । ईकाइ साधारण सभा सकिएसंगै आज आईतबार वालिङमा इकाई प्रतिनिधीहरुको उपस्थितिमा ३३ औं वार्षिक साधारणसभा सम्पन्न गरिने संस्थाका अध्यक्ष यमकान्त खनालले जानकारी दिनुभयो । 
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष पुण्यप्रसाद अर्यालले संस्थाको स्थापनाकालदेखि अहिलेसम्म सहकारीले प्राप्त गरेका उपलब्धि, चुनौती र सदस्यहरुको विश्वाका विषयमा जानकारी गराउँदै संस्थालाई बलियो बनाउन संस्थाका सदस्य समेत जागरुक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक भरतप्रसाद बगालेले संस्थाले आफ्ना सदस्य तथा आम नागरिकलाई समेत सचेत गराउने उद्देश्यले समय समयमा गरेका सहकारी शिक्षा कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो । 
कार्यक्रममा संस्थाका अध्यक्ष यमकान्त खनाल, उपाध्यक्ष यज्ञप्रसाद अधिकारी, कोषाध्यक्ष दुर्गा न्यौपाने, लेखा समिति संयोजक परशुराम लम्साल, महिला परिचालन उपसमिति संयोजक तारा तिवारी, महाप्रबन्धक कृष्णप्रसाद पंगेनीलगायतले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रतिवेदनमाथि उठेका जिज्ञासाहरु माथि प्रस्ट्याउनुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष यज्ञप्रसाद अधिकारी र संचालन कोषाध्यक्ष दुर्गा न्यौपानेले गर्नुभएको थियो । 
२०५० सालमा २७ जनाले रु.२७ सय पूँजीबाट सुरु भएको सहकारीमा अहिले महिला ४ हजार ३ सय ३४, पुरुष ४ हजार ८६ जना र अन्य १३ गरी कूल ८ हजार ४ सय ३३ जना शेयर सदस्य छन् । संस्थाले गएको असार मसान्तसम्म ७ करोड ८९ लाख ३४ हजार ५ सय शेयर पुँजी रहेको छ । यसैगरी ८३ करोड २२ लाख ७७ हजार ९ सय ५४ रुपैयाँको कारोवार गरेको संस्थाका अध्यक्ष खनालले उल्लेख गर्नुभयो । ६६ करोड ९९ लाख ८३ हजार ४ सय ७९ रुपैयाँ निक्षेप रहेको सहकारीले कूल ५१ करोड ४९ लाख ९ हजार ६ सय ५२ लगानी गरेको छ । ४ वटा सेवाकेन्द्र र एकवटा सदस्य सम्पर्क कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको संस्थाले जिल्लाका ४ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ७ वटा पालिकामा कार्यक्षेत्र विस्तार गरेको छ । कार्यक्रममा असल कारोवार गर्ने शेयर सदस्य, नियमित बाल बचत गर्ने बालबालिका र उत्कृष्ट सेवा गरे वापत कर्मचारीहरुलाई पुरस्कृत तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...