अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

रास्वपाद्धारा स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा कार्यालयको स्थापना

news

 
रेडियो आँधीखोला,
वालिङ १० ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दुईवटै निर्वाचन क्षेत्रमा आफ्नो क्षेत्रिय निर्वाचन कार्यालयको स्थापना गरेको छ । क्षेत्र नं. १ को अर्जुनचौपारीमा र क्षेत्र नं. २ को वालिङमा क्षेत्रिय निर्वाचन कार्यालयको स्थापना गरेको हो । 
शनिबार रास्वपा समानुपातिक उम्मेदवार रिमा विश्वकर्माले दुवै कार्यालयको उद्दघाटन गर्नुभएको हो । कलाकार समेत रहनुभएकी विश्वकर्मा उज्यालो नेपाल मार्फत आफ्नो राजनितिक यात्रा गर्दै अहिले रास्वपाबाट समानुपातिक उम्मेदवार बन्नुभएको छ । विश्वकर्माले अर्जुनचौपारीमा रहेको नवग्रह मन्दिरको समेत दर्शन गर्नुभएको छ । 
क्षेत्र नं. २ को क्षेत्रिय निर्वाचन कार्यालयको उद्दघाटन गर्दै विश्वकर्माले अब जनताले सहि नेतृत्व चुन्ने बेला आएको बताउनुभयो । देशलाई सहित मार्गमा लैजान आम नागरिकको अभिमत नै निर्णायक हुँने भन्दै सचेत नागरिकले अब सहि नेतृत्व चयन गर्ने विश्वास विश्वकर्माले व्यक्त गर्नुभयो । 
कार्यक्रममा स्याङ्जाका समानुपातिक उम्मेदवार भुमिबहादुर गुरुङ बिश्वले अन्य दललाई पटक पटक अवसर दिएर हेरिएको भन्दै यो पटक रास्वपाका उम्मेदवारलाई छान्न आग्रह गर्नुभयो । कार्यक्रममा रास्वपाका नेता टिकराज गुरुङ, क्षेत्र नं. २ का उम्मेदवार झवीलाल डुम्रे, क्षेत्र नं. २ का निर्वाचन आयोग संयोजक जगदिश गैह्रेलगायतलेआफ्ना भनाई राख्नुभएको थियो । 
कार्यक्रम रास्वपा जिल्ला अध्यक्ष रुक्मागत भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन प्रकाश अर्यालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...