अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

निर्वाचन नजिकिएसंगै राजनितिक दलहरु प्रचारप्रसार र घरदैलोमा व्यस्त

news

 
रेडियो आँधीखोला
वालिङ, ९ फागुन । 
फाल्गुन २१ गते नजिकिएसंगै स्याङ्जामा चुनावी सगर्मी ह्वात्तै बढेको छ । यहाँका प्रमुख राजनितिक दलहरुले प्रचारप्रसार संगै मतदाता भेटघाट र चुनावी कार्यक्रमलाई तिव्र पारेका हुन् । स्याङ्जामा २ प्रतिनिधि सभा सदस्यका लागी विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनवी मैदानमा छन् । जिल्लामा मुख्य प्रतिष्पर्धीका रुपमा नेपाली कांगे्रस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेरिएको छ । जिल्लामा यसअघिको निर्वाचनमा कांगे्रस एमाले मुख्य प्रतिष्पर्धी दल थिए भने अहिले रास्वपा पनि मुख्य प्रतिष्पर्धीका रुपमा देखिएको छ । 
जिल्लाको क्षेत्र नं. १ मा कांगे्रस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति, जय मातृभुमि पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, मङगोल नेशनल अर्गनाईजेसन, नेशनल रिपब्लिक, श्रम संस्कृति पार्टी, नेकपा माओवादी, उज्यालो नेपाल र स्वतन्त्र उम्मेदवार समेत चुनावी मैदानमा छन् । जिल्लामा मुख्य पार्टी आक्रामक रुपमा प्रचारप्रसारमा उत्रिएका छन् भने अन्य साना दल समेत आ–आफ्नै तरिकाले चुनावी प्रचारप्रसारमा छन् । दलहरुले विभिन्न अडियो सामाग्री निर्माण गरी गाउँगाउँमा प्रशारण गर्दै हिँडेका छन् भने पर्चा, पम्प्लेट निर्माण गरी मतदातहरुको हातहातमा पु¥याएका छन् । 
त्यस्तै नेपाली कांगे्रस क्षेत्र नं.२ का उम्मेदवार भागवत प्रकाश मल्लले शुक्रबार वालिङ १२ र १३ नं. वडाका विभिन्न टोलमा पगेर मतदाता भेटघाट गर्नुभएको छ । 
नेपाली कांगे्रस अब नयाँ सिराका साथ अगाडि बढेको भन्दै कांगे्रसले नै देशको नेतृत्व गर्नुपर्नेमा उम्मेदवार मल्लले जोड दिनुभयो । आँफू प्रदेश सांसद हुँदा पनि स्याङ्जाको विकास निर्माणमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै नमुना स्याङ्जा बनाउन मतदाताहरुको मत नै निर्णायक रहने बताउनुभयो । कार्यक्रममा समानुपातिक उम्मेदवार माया राना, नेपाली कांगे्रस प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली कांगे्रस वालिङ नगर समिति सभापति नेत्रप्रसाद पाण्डे, वालिङ नगरउपप्रमुख कविता तिवारी, विष्णु पौडेललगायतका नेताहरुको सहभागिता रहेको थियो । 
त्यस्तै नेकपा एमाले क्षेत्र नं. २ का उम्मेदवार खिमबहादुर थापा मगरको टोलीले वालिङ नगरपालिका वडा नं. ९ र १४ का विभिन्न वडाहरुमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ । कार्यक्रममा उम्मेदवार थापा मगर सहित पुर्व सांसदहरु महेन्द्र थापा र मोहन रेग्मी, नेता उदय श्रेष्ठ, नगर अध्यक्ष शोभाकान्त पौडेल, उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, जिल्ला सदस्य सिता पाण्डे, अमृत श्रेष्ठ, चोपनारायण श्रेष्ठ सहितको टोलीले वडा नं. ९ र १४ का विभिन्न टोलहरुमा पुगेर मतदाताहरुसंग भेटघाट तथा घरदैला गर्नुभएको  हो । कार्यक्रममा उम्मेदवार थापामगरले स्याङ्जा क्षेत्र नं. २ लाई समृद्ध बनाउनका लागी आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । 
आँफू कालीगण्डकी गाउँपालिका अध्यक्ष हुँदा गरेका विकासका नमुनालाई जिल्लाभरी विस्तार गर्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आँफूलाई निर्वाचित गराउन उम्मेदवार थापा मगरको आग्रह थियो । उम्मेदवारको विगत र वर्तमान विषयलाई गहिरो अध्ययन गरेर मात्रै आफ्नो मताधिकार प्रयोग गर्न उहाँको मतदाताहरुलाई सुझाव छ । 
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्र नं. २ का उम्मेदवार झविलाल डुम्रेले आलमदेवि मन्दिरको दर्शनसंगै गल्याङका विभिन्न स्थानहरुमा पुगेर मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गर्नुभएको छ । शुक्रबार गल्याङ नगरपालिका वडा नं. ८, ९, १० र ११ का वडाहरुमा पुगेर मतदाता भेटघाट गर्नुभएको छ । रास्वपा पत्यक्ष उम्मेदवार डुम्रे वालिङ १४ छोरेखर्कमा जन्मिनुभएको हो । 
आईटि क्षेत्रका डुम्रे नेपालको ग्रामिण क्षेत्रमा आईटिको विकास र पहुँचलाई व्यवस्थित गर्ने योजनाका साथ अगाडि बढ्नुभएको छ । रास्वपा उम्मेदवार डुम्रेले पटक पटक पुराना दललाई अवसर दिएका मतदाताहरुलाई यसपटक रास्वपालाई बहुमतका साथ विजयी बनाउन आग्रह गर्नुभएको छ । देश विकासका लागी रास्वपाले देशको नेतृत्व गर्न आवश्यक रहेको उहाँको भनाई छ। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...