अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

स्याङ्जामा विपद् सम्बन्धी गुनासो र सूचनाका लागि अब १२३४ मा निःशुल्क सम्पर्क गर्न सकिने

news

 
 
रेडियो आँधीखोला,
वालिङ २५ असार ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विपद् व्यवस्थापन र नागरिकको सहजताका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र -म्भ्इऋ) मा साविकदेखि सञ्चालनमा रहेको विपद् कल सेन्टरको नम्बर परिवर्तन गरी नयाँ नम्बर सार्वजनिक गरिएको हो। जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, विपद्को समयमा नागरिकहरूले सहज र सरल रूपमा सम्झिन सक्ने गरी साविकको सम्पर्क नम्बर ११४९ लाई परिवर्तन गरेर अब १२३४ बनाइएको छ ।
यस जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा स्थापना गरिएको विपद् कल सेन्टर चौबीसै घण्टा खुला रहनेछ । नागरिकहरूले बाढी, पहिरो, भूकम्प, आगलागी, चट्याङ, शीतलहर जस्ता जुनसुकै प्राकृतिक वा गैर–प्राकृतिक विपद्को समयमा सूचना दिन, समस्या वा गुनासो राख्न र सुझाव दिनका लागि १२३४ मा फोन गर्न सक्नेछन्। यस नम्बरमा फोन गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।
विपद्को पूर्वतयारी र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तथा æछिटो खबर गरौँ, सुरक्षित रहौँæ भन्ने मूल नारालाई सार्थक तुल्याउन यो नयाँ हटलाइन नम्बरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास जिल्ला प्रशासन कार्यालयले लिएकोसहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...