समाचार
लायन्स क्लब अफ भीरकोटद्धारा अस्पताल परिसरमा वृक्षहरुको गोडमेल
रेडियो आँधीखोला
वालिङ, २९ साउन ।
लायन्स क्लब अफ भीरकोटले अस्पताल परिसरमा रहेका वृक्षहरुको गोडमेल गरेको छ । क्लबले भीरकोट–१ स्थित हेलु भीरकोट नगर अस्पताल परिसरमा बिरुवा गोडमेल तथा मलजल कार्यक्रम गरेको हो । क्लबले २ वर्ष अगाडि रोपण गरेका विरुवामा मल राख्ने, गोडमेल गर्ने कार्य गरेको क्लबका संस्थापक अध्यक्ष यामप्रसाद अधिकारीले बताउनुभयो ।
विभिन्न दिवस तथा अवसरहरुमा वृक्षारोपण गर्ने तर गोडमेल एवं रेखदेख नगर्ने अवस्था रहेका बेला लायन्सले भने आँफूले रोपण गरेका विरुवालाई निरन्तर संरक्षण र गोडमेल गर्दै आएको संस्थापक अधिकारीले बताउनुभयो । क्लबले पारिजात, कल्की, धुपी, अशोकालगायत सौन्दर्यकरणका लागि अस्पताल परिसरमा आँफूले लगाएका र अन्य फुल तथा विरुवाहरुमा गोडमेल तथा मलजल गरेको क्लबका अध्यक्ष लेख बहादुर केसीले बताउनुभयो ।
उहाँले लायन्स क्लबले वातावरणीय पर्यावरण संरक्षणदेखि विभिन्न सामाजिक तथा सेवामूलक कार्यमा निरन्तर सहयोग गर्दै आएको छ । कार्यक्रम क्लबका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्लबका संस्थापक कोषाध्यक्ष नुवादत्त अर्यालले स्वागत र सचिव राजन सुनाले संचालन गर्नुभएको थियो । नगर अस्पताल भीरकोटका प्रमुख डा. राजीव झाले अस्पताल परिसरमा स्वस्थ र हराभरा वातावरण सृजना गर्न क्लबको सक्रियता निकै महत्वपुर्ण रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।