अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा वक्तित्वकला प्रतियोगिता

news

 
रेडियो आँधीखोला,
वालिङ, २७ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा वालिङमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । लियो क्लब अफ वालिङ सिटिको आयोजनामा बुधबार विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले क्लबले वालिङ नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गरी अपनत्व ग्रहण गर्ने मौका दिएकोमा क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै यस्ता प्रतियोगितात्मक कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने भएकाले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा क्लबले गरेको कार्यक्रम निकै प्रशंसनीय रहेको बताउनुभयो । 
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई उजागर गर्न यस्ता अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा लियो जिल्ला परिषद ३२५ एम नेपालका अध्यक्ष दिक्षान्तप्रताप खांण, लायन्स सिनियर लिडर चेतनारायण श्रेष्ठ, डिस्ट्रिक चिफ सजना कोईराला कंडेल, क्लबका पुर्व अध्यक्ष दिपक लम्साल, लियो जिल्ला परिषद सहसचिव किशोर बस्याल, वालिङ ग्रिन
 होमका अध्यक्ष रामु लँईटेल, भुम्रे माविका शिक्षक दिपक पराजुलीलगायतले बोल्नुभएको थियो । प्रतियोगितामा वालिङ नगरपालिका शिक्षा साखा प्रमुख दुर्गा कुमारी न्यौपाने निर्णायक मण्डलको संयोजक र योजना साखा प्रमुख ढालबहादुर केसी र पुर्व स्रोत व्यक्ति भोजराज गुरुङ सदस्य रहनुभएको थियो । 
प्रतियोगितामा भुम्रे माविका कक्षा ७ की छात्रा किन्जल भुर्तेल प्रथम, उपल्लो पेखु माविका कक्षा १० की छात्रा समृद्धि पौडेल द्धितिय, पुर्णामृत भवानी मावि कक्षा १२ की छात्रा स्मारिका अर्याल तृतिय, पायोनिअज मावि कक्षा ९ की छात्रा स्वीकृत्य श्रेष्ठ र पिसजोन माविका तोलाकुमारी एसके सान्त्वना हुनुभएको छ । विजेता तथा उपविजेता बनेका प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने छात्राहरुले क्रमशः ३ हजार, २ हजार, १ हजार र ५/५ सय नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
प्रतियोगितामा १० सामुदायिक र ८ निजि गरी १८ विद्यालयका छात्रछात्राहरुले सहभागिता जनाएका थिए । क्लबका अध्यक्ष सुदेश डुम्रेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संचालन सचिव आशिष भट्राई र स्वागत कार्यक्रम संयोजक कृष्ण काफ्लेले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...