समाचार
व्युटीपार्लर एसोसिएसन स्याङ्जाको नवौँ अधिवेसन, अध्यक्षमा गोर्खाली
रेडिया आँधीखोला,
वालिङ २२ साउन ।
ब्युटीपार्लर एसोसिएसन स्याङ्जाको १८औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ । वालिङ मिर्दी स्थित नेचुरल भ्यु प्वाइन्टमा आयोजित कार्यक्रमको उद्दाटन गर्दै वालिङ नगरउपप्रमख कविता तिवारीले सौन्दर्य व्यवसाय केवल बाह्य रूप सजाउने काम मात्र नभई महिला सशक्तीकरण, आत्मनिर्भरता र स्वरोजगारको एउटा महत्वपूर्ण माध्यम बनेको बताउनुभयो ।
स्याङ्जामा व्युटीपार्लर व्यवसायले थुप्रै महिलाहरूलाई उद्यमी बनाएकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकारका तर्फबाट व्यवसायीहरूको क्षमता अभिवृद्धि र सीपमूलक तालिमका लागि आवश्यक सहयोग गर्न नगरपालिका सधैँ तत्पर रहने उहाँले बताउनुभयो ।
वालिङ नगरपालिकाले निशुल्क रुपमा सिप परिक्षण गर्दै आएको भन्दै सामूहिक रुपमा व्युटिसियनहरुलाई आई सिप परिक्षणमा सहभागि हुन उहाँले आग्रह गर्नुभयो । साथै उपप्रमुख तिवारीले उद्यमीहरुको व्यवसाय तथा उद्यम विकास गर्न वालिङ नगरपालिकाले यहाँका बैंकहरुसंग सहकार्य गरी नगरपालिका जमानी बसेर बिउ पुँजी उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा व्युटिपार्लर एशोसियसन गण्डकी प्रदेशका संस्थापक तथा संरक्षक चिनु गुरुङले सौन्दर्य कला क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
बजारमा आउने नयाँ–नयाँ प्रविधि र उत्पादनहरूबारे सौन्दर्य व्यवसायीहरू सधैँ अद्यावधिक रहनुपर्ने भन्दै जिल्ला तहमा एसोसिएसनले व्यवसायीहरूको हकहितका लागि खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।
कार्यक्रममा एसोसिएसनका प्रदेश अध्यक्ष बविता केसी कार्की, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारी, एसोसिएसन स्याङ्जाका पुर्व अध्यक्ष लिसू अधिकारी, एसोसिएसनका कानुनी सल्लाहकार संगिता गौतम, एसोसिएसनका प्रेस सल्लाहकार कला राना, एसोसिएसनका कास्कीका अध्यक्ष छाया ढकाल, एसोसिएसनका लेखनाथ ईकाई अध्यक्ष शोभा शर्मालगायतले बोल्नुभएको थियो । कार्यक्रममा अध्यक्ष पमिला गुरुङ, सचिव नविना गुरुङ, अरुना थापाले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष पमिला गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव नविना गुरुङ, स्वागत तथा कार्यक्रमको बारेमा जानकारी १८औँ साधारण सभा तथा ९औँ अधिवेसन कार्यक्रमका संयोजक एवं एसोसिएसनका संस्थापक अध्यक्ष दुर्गा थापाले गर्नुभएको थियो । नवौँ अधिवेसनले माया गोखार्लीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा नविना गुरुङ, सचिवमा अञ्जु शर्मा, सहसचिवमा मञ्जु भण्डारी, कोषाध्यक्षमा मिना केसी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा संगिता एसके, रितु अर्याल क्षेत्री, अमृता श्रेष्ठ, सलिमा मिया, पार्वती अर्याल ढकाल र पवित्रा रावत क्षेत्री रहनुभएको छ ।