अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

ग्याँसको अभाव देखिएपछि प्रशासन अनुगमनमा सक्रिय

news

 
रेडियो आँधीखोला,
वालिङ २४ साउन ।
बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन थालेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा अनुगमनमा सक्रिय हुन थालेको छ । प्रशासनले यहाँका मुख्य बजारहरुमा रहेका ग्यास डिलर र सप्लायर्समाथि अनुगमन गरेको हो ।
बजारमा एलपी ग्यास सहज रूपमा नपाइएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा संयुक्त अनुगमन टोली परिचालन गरिएको हो । टोलीले ३ दिनअघिदेखि जिल्लाका विभिन्न स्थानमा ग्यासको आपूर्ति, मौज्दात र वितरण अवस्थाबारे छड्के अनुगमन गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, एकीकृत कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित टोलीले चापाकोट, वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकामा रहेका ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको छ । 
टोलीले डिलर तथा सप्लायर्ससँग रहेको ग्यासको मौज्दात, उद्योगबाट भएको आपूर्ति र उपभोक्तासम्म पु¥याइएको वितरणसम्बन्धी अभिलेखसमेत जाँच गरेको थियो । अनुगमनपछि सबै व्यवसायीलाई ग्यासको आयात, मौज्दात र वितरणको स्पष्ट विवरण राख्न निर्देशन दिइएको छ ।
ग्यास वितरणमा समस्या, अनियमितता वा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास देखिए तत्काल जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । स्याङ्जामा शक्ति, सिद्धार्थ, गृहलक्ष्मीलगायतका कम्पनीका ग्याँसहरु आउने गरेका छन् ।
अनुगमनका क्रममा स्टक राखिएको कालोबजारी गरेको अवस्था नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद सुवेदीले बताउनुभयो । अहिले बजारमा नियमित भन्दा ग्याँसको माग बढी देखिएको उहाँले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...