अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण

news

 
काठमाडौं — नेपाल संस्कृत विश्वविद्यालयद्वारा परिमार्जित नयाँ पाठ्यक्रमलाई आधार बनाएर सहप्राध्यापक डा प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ नामक महत्वपूर्ण ग्रन्थको भव्य समारोहबीच लोकार्पण गरिएको छ । पाणिनीयशिक्षा, व्याकरणशास्त्रको इतिहास, संस्कृत भाषाविज्ञान तथा तुलनासिद्धान्तजस्ता विषयलाई समेटिएको उक्त ग्रन्थलाई संस्कृत व्याकरण तथा भाषाविज्ञानको अध्ययन–अध्यापनका क्षेत्रमा उपयोगी र महत्त्वपूर्ण कृतिका रूपमा प्रस्तुत गरिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयको व्याकरण विषय समितिको आयोजनामा २०८३ श्रावण २९ गते शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको सभाकक्षमा आयोजित विशेष समारोहमा सन्त समाज, नेपालका अध्यक्ष तथा देवघाटधामस्थित हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले ग्रन्थको लोकार्पण गर्नुभएको हो ।
 
समारोहको सभापतित्व नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत व्याकरण विषय समितिका अध्यक्ष प्रा। भीमप्रसाद कण्डेलले गर्नुभएको थियो । कार्यक्रममा भाषाविज्ञान तथा व्याकरण क्षेत्रका विशिष्ट विद्वान् प्रा डा माधवप्रसाद पोख्रेल, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा अच्युतप्रसाद लामिछाने, पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा।डा। धनेश्वर नेपाल, परीक्षा नियन्त्रक सहप्रा। मुरलीधर दाहाल, पूर्व परीक्षा नियन्त्रक प्रा डा विष्णुप्रसाद शर्मा देवकोटा, नेसंवि अनुसन्धान केन्द्रका पूर्वनिर्देशक प्रा डा विष्णुप्रसाद दहाललगायत विश्वविद्यालयका विभिन्न विषय समितिका अध्यक्षहरू तथा वाल्मीकि विद्यापीठका विभिन्न विभागका विभागाध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...