समाचार
आँधीखोलामा बेपत्ता युवक मृत भेटिए
रेडियो आँधीखोला,
वालिङ २५ साउन ।
स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर–०७ स्थित आधिँखोलामा भएका बेपत्ता युवक मृत भेटिएका छन् । सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नम्वर –०१ घर भई हाल गल्याङ ११ मुडकिल्ला बस्ने -सोही स्थानमामा पुलमा काम गर्ने) अन्दाजी २५ वर्षीय बलदेब बस्नेत पौडि खेल्ने क्रममा बेपत्ता हुनुभएको थियो । प्रहरी चौकी गल्याङ र ३० नं. हेडक्वाटर गुल्म वालिङबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोमबार दिउँसो मृत फेला पारेको हो । मृतकको शव खोलाबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण बुझ्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।