अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

अन्तर्राष्ट्रिय युवा दिवस ः युवाको सिर्जनशीलता र नेतृत्वबाट समृद्ध स्याङ्जाको सम्भावना खोजिँदै

news

 
रेडियो आँधीखोला,
वालिङ, २७ साउन ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा स्याङ्जामा यवाको कुरा युवाको आवाज कार्यक्रम गरिएको छ । एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र पहिलो पाइला नेपाल पुतलीबजार शाखाको   समन्वयमा आयोजित æयुवाको कुरा, युवाको आवाजÆ कार्यक्रममा स्याङ्जाका  युवाहरुले अनुभव, प्रेरणा र सम्भावनाको बारे आफ्नो प्रस्तुती राखेका थिए । 
कार्यक्रममा शिक्षा, उद्यमशीलता, कृषि, व्यवसाय, खेलकूद, पर्यटन, सामाजिक सेवाका विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुले आफ्नो सफलताको कथा, संघर्ष , प्रेरणा र स्याङ्जाका युवाहरुलाई नेपालमै रही विभिन्न कामहरु गर्न उत्प्रेरणा प्रदान गरेका थिए । कार्यक्रममा युवाको उर्जा, सिर्जनशिलता, नवप्रवर्तन, ज्ञान, सिप र नेतृत्वलाई सही दिशा र अवसरसँग जोड्न सके समुन्नत समाज र समृद्ध राष्ट्र निर्माण सम्भव भएको कुरामा जोड दिइएको थियो । 
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले युवाहरुको विचारलाई सम्मान गर्दै उनीहरुको क्षमता, प्रतिभा र सम्भावनालाई राष्ट्र निर्माणमा उपयोग गर्नु आजको महत्वपूर्ण आवश्यकता रहेको बताउनु भयो । पहिलो पाहिला नेपाल स्याङ्जाका अध्यक्ष पवन मरासिनीले सिर्जनशिल सोच, सकरात्मक कर्म र जिम्मेबार नेतृत्व मार्फत् समृद्ध नेपाल निर्माणमा युवाहरुको सार्थक सहभागिता सुनिश्चित हुनुपर्ने कुरामा जोड दिनुभयो । 
कार्यक्रममा उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, युवा व्यवसायी अशोक शर्मा, अमोर सेवा नेपाल बालगृह सञ्चालिका कमला पराजुली, युवा विद्यार्थी प्रसन्नता पौडेल, युवा व्यवसायी  निश्चल लम्सालले नेपालमा विभिन्न क्षेत्रमा रहेको सम्भावनाबारे चर्चा गर्दै हरेक क्षेत्रमा सफलता प्राप्त गर्न मिहेनत र निरन्तरता आवश्यक रहेको कुरा व्यक्त गर्नु भयो । एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा अधिकृत पार्वती भट्टले गर्नु भएको थियो ।
कार्यक्रममा कृषि कर्ममा रहनु भएका विमान अर्याल,धार्मिक क्षेत्रमा क्रियाशिल युवा पन्डित प्रशान्त ढकाल, महिला युवा उद्यमी अन्जु शर्मा रेग्मी, युवा खेलाडी तथा क्रिकेट प्रशिक्षक एंवम् नेपाल क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापा, बालगृहमा हुर्किएकी योगाशनका युवा खेलाडी प्रिया घर्ती, युवा समाजसेवी तथा प्रध्यानाध्यापक स्मृती काफ्लले आफ्ना अनुभवहरु आदानप्रदान गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...