अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

साउन सक्रान्ती, सोमबार र एकादशीका अवसरमा छाङछाङदी मन्दिरमा ९ लाख बढी भेटी संकलन

news

 
रेडियो आँधीखोला
वालिङ, ३० साउन । 
स्याङ्जाको प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा साउनमा मात्रै ९ लाख १४ हजार ६ रुपैँया भेटि संकलन भएको छ । साउन महिना अन्य महिना भन्दा विषेश महिना मानिन्छ । साउन महिना भगवान शिवको प्रिय महिना भएकाले भक्तजनहरु साउने सोमबार शिवालयमा गई भगवान शिवको पूजाआरधना गर्ने गर्छन् । छाङछाङदी मन्दिरमा पनि १२ महिना मध्ये साउन महिना भक्तजनहरुको उल्लेख्य सहभागिता हुने महिना हो । 
यसपटक साउन महिनामा ४ ओटा सोमबार परेको र बृहस्पति अस्त भएको समय परेका कारण विगतका वर्षहरुको साउनमा भन्दा भक्तजनहरुको कम उपस्थिति देखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । बृहस्पति अस्त भएका बेला नृत्य कर्म तथा नृत्य पूजा, ब्रत, नामाकरण, अन्नप्रासन, पितृकार्य तथा मन्दिर दर्शनमा कुनै बाधा नपर्ने भएपनि अघिल्ला वर्षहरुका जस्तो भीड देखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
साउन २४ गतेदेखि बृहस्पतिको पनः उदय भएपछि साउनको अन्तिम सोमबार भने दर्शकको निकै भीडभाड रहेको थियो । साउनका ३ वटा सोमबार, सक्रान्ती र एकादशीको तुलनामा साउनको अन्तिम सोमबार सबैभन्दा धेरै भेटि संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन उपसमितिका संयोजक शोभाकान्त पौडेलले बताउनुभयो । 
अन्तिम सोमबार अर्थात साउन २५ गते मन्दिरमा ३ लाख २६ हजार ३७४ रुपैँया भेटि संकलन भएको थियो । जसमा मूल मन्दिरमा ८३ हजार १००, १०८ गौमुखधाराबाट ३० हजार १०, १०८ शिवलिंगबाट १५ हजार ०५, आजिवन सदस्यताबाट १० हजार, दानपेटिकाबाट ५३ हजार ९००, स्टल शुल्कबाट ४० हजार, सहयोग रसिदबाट १ लाख ४० हजार १९ रुपैँया संकलन भएको संयोजक पौडेलले बताउनुभयो । 
त्यस्तै साउनको पहिलो दिन सक्रान्तीको अवसरमा मन्दिरमा ९८ हजार ५७८ रुपैँया भेटि संकलन भएको थियो । पहिलो सोमबार सहयोग रसिदबाट १६ हजार १०५, स्टल विक्रिबाट १० हजार ९००, गौमुख धाराबाट ३० हजार २६०, शिवलिंगमा चढाईएको भेटि १५ हजार ५००, मूल मन्दिर तथा भजनमण्डलीबाट ४४ हजार १००, दानपेटिकाबाट १७ हजार ५०० गरी कुल १ लाख ३४ हजार ३६५ रुपैँया संकलन भएको थियो । 
दोस्रो सोमबार गौमुख धाराबाट १५ हजार ५, आजिवन सदस्यताबाट १० हजार १०५, सहयोग रसिदबाट १० ह्जार १२६, दानपेटिकाबाट १३ हजार ३०० र भजन मण्डलीबाट २० हजार ४४५ रुपैँया गरी ६८ हजार ९८१ रुपैँया भेटि संकलन भएको थियोे । 
   यस्तै तेस्रो सोमबार मन्दिरमा चढाईएको भेटि ३४ हजार १६०, सहयोग रसिद २३ हजार ७६१, दानपेटिका १६ हजार २००, १०८ गौमुख धाराबाट १५ हजार ५, १०८ शिव लिंगबाट १५ हजार ५, आजिवन सदस्यताबाट ७ हजार ५००, व्यापारिक स्टलबाट २ हजार गरी १ लाख १३ हजार ६३६ रुपैँया भेटि संकलन भएको थियो भने हरिशयनी एकादशीका अवसरमा १ लाख ७२ हजार ७५ रुपैैँया भेटि संकलन भएको थियो ।  
भगवान शिवपार्वतीको कथासंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको ऐतिहासिक महत्व समेत रहेको छ । मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ति छ । साथै यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एकसय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिन्छ ।
यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । मन्दिर परिसरमा निर्मार्णाधिन १०८ शिवलिंग र १०८ गौमुख धारामा समेत भक्तजनले भेटि चढाएका थिए ।
संकलित रकम मन्दिरको खातामा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन उपसमितिका संयोजक पौडेलले बताउनुभयो । मन्दिरमा साउनको यी ६ विषेश दिनहरुमा महाआरती समेत गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...