अहिले तरंगमा

Gambeshika Bhaka

केहि छिनमा

Songs & Add

समाचार

गाँजाका बोटहरू फडानी

 
रेडियो आँधीखोला
वालिङ, ९ कार्तिक । 
स्याङ्जाको गल्याङमा प्रहरीले अवैधरूपमा प्राकृतिकरूपमा उम्रिएका गाँजाका बोटहरू आज फडानी गरी नष्ट गरेको छ ।
प्रहरी चौकी गल्याङ, स्याङ्जाबाट प्रहरी नायव निरीक्षक यमनाथ बगालेको कमाण्डमा खटिएको प्रहरी टोलीले गल्याङ नगरपालिका वडा नम्बर १० पकवादी एरियाबाट गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको हो ।
टोलीले सो क्षेत्रमा प्राकृतिकरूपमा उम्रिएका अन्दाजी १५० वटा गाँजाका बोटहरू फडानी गरेको छ । फडानी गरिएका ती गाँजाका बोटहरू स्थानीय भद्रभलादमीहरूको रोहवरमा नष्ट गरिएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...