अहिले तरंगमा

Gambeshika Bhaka

केहि छिनमा

Songs & Add

समाचार

बिरुवामा सोमबार सार्वजनिक बिदा

news

 
रेडियो आँधीखोला
वालिङ, ९ कार्तिक । 
स्याङ्जाको बिरुवा गाउँपालिकाले भोलि सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
 
गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार ९ कात्तिकमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र शिक्षण संस्था बन्द रहनेछन् । गाउँपालिका क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थामा पनि सार्वजनिक बिदा दिइएको छ ।
 
बिरुवा गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा पूर्णिमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कुँवरले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...