अहिले तरंगमा

Pop Songs

केहि छिनमा

Gambeshika Bhaka

समाचार

काँग्रेसले गुमाएको मत होइन ः सभापति गगन थापा

news

 
नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले पार्टीले विगतमा गुमाएको विश्वासलाई पुनस्थापित गर्ने बेला आएको बताउनुभएको छ । १५औँ महाधिवेशनपछि सभापतिको जिम्मेवारी सम्हालेलगत्तै पहिलो औपचारिक कार्यक्रमलाई स्याङ्जा सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेस स्याङ्जाद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीले मत नभई जनविश्वास गुमाएकाले अब मतदाताहरूको घर–घरमै पुगेर विश्वास जित्नुपर्नेमा जोड दिनुभयो । æकाँग्रेसले गुमेको मत होइन, विश्वास हो। जब विश्वास पुनस्थापित हुन्छ, तब मतले स्वतः विश्वासलाई पछ्याउँदै आउँछ,æ सभापति थापाको भनाइ थियो।
वडादेखि केन्द्रसम्म पार्टीको जिम्मेवारीमा रहेका वा नरहेका सबै कार्यकर्ताले एकताबद्ध भएर Úबदलिएको काँग्रेसÚ को सन्देश जनतामा पु¥याउनुपर्ने उहांले बताउनुभयो । १५औँ महाधिवेशनपछि पार्टीभित्रको सोच र शैलीमा व्यापक परिवर्तन आएको स्पष्ट पार्दै उहाँले थप्नुभयोे, æहिजो जो मानिसहरू हाम्रा थिए, आज हाम्रा छैनन्। अब ती साथीहरूलाई भेट्नुपर्छ, उनीहरूको चित्तदुखाइ र गुनासाहरू सुन्नुपर्नछ, अनि आजको बदलिएको काँग्रेसबारे बुझाउनुपर्छ ।Æ
पार्टी कार्यालयको कार्यक्रमलाई सम्बोधन गरेपछि सभापति थापाले दिउँसो स्याङ्जाको बिरुवा गाउँपालिका–७ मा अवस्थित मनकामना मन्दिरको उद्घाटन गर्नुभएको छ । मन्दिर उद्घाटन पश्चात् आजै साँझ वालिङमा आयोजित अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुने कार्यतालिका रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...