समाचार
करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, ६ मंसिर ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय कर दिवसको सन्दर्भ पारेर उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको समन्वयमा यहाँका ब्यपार ब्यवसायीलाई कर शिक्षा सम्बन्धि प्रशिक्षण सहितको अन्तरक्रियाको आयोजना गरेको हो । कर, न्याय र सुशासनको सुनिश्चिता, समृद्धिमा नागरिक सहभागिता भन्ने मूल नाराका साथ आयोजना गरिएको सो कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख तथा करअधिकृत शिवप्रसाद ढ्ंगानाले करका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
उहाले नेपाल सरकारले अवलम्बन गरेका कर सम्बन्धी बर्तमान नीति तथा ब्यवस्थाहरु लगायत ब्यपार ब्यवसायीलाई करका बारेमा जानकारी गराउनु भएको थियो । सोही कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख ज्ञानप्रसाद अर्याल, कर अधिकृत सचिन पौडेल, निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पूर्वअध्यक्ष नवराज सुवेदी, रेडियो स्याङ्जाका ब्यवस्थापक रमेश गोदार लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव रविन केसीले संचालन गर्नुभएको थियो । कार्यक्रममा स्याङ्जाका उद्योग, ब्यवसायी, ब्यापारी लगायतको उपस्थिती रहेको थियो ।